२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता
अ अ+ अ-

काठमाडौँ । लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी निर्वाचित कार्यसमितिको पहलमा नवीकरण भएको छ । यही पुस १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट संस्था नवीकरणको प्रमाणपत्र प्राप्त भएको रेडक्रस सोसाइटीले जनाएको छ । यससँगै संस्थाले कानुनी वैधता प्राप्त गरेको छ ।

नेपाल रेडक्रस २०७६ सालदेखि नवीकरण हुन सकेको थिएन । आव २०८०÷०८१ सम्मका लागि संस्था नवीकरण भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले संस्था नवीकरण भएसँगै रेडक्रस अभियानसँग सम्बद्ध सबैमा सकारात्मक भावनाको सञ्चार भई संस्थाले थप गतिशीलता प्राप्त गरेको बताउनुभयो ।

नेपाल रेडक्रसको यसअघिको कार्यसमितिमा विवाद हुँदा लामो समयदेखि संस्था प्रभावित बनेको थियो । विपद्का समयमा मानवीय सेवामा खट्नुपर्ने संस्थाको नेतृत्वमा असझदारी बढ्दा रेडक्रसले प्रभावकारी काम गर्न सकेको थिएन । स्थापनाकालदेखि वैधानिक दायित्व पूरा गर्दै अघि बढिरहेको नेपाल रेडक्रसको २०७६ चैतमा तय भएको विशेष महाधिवेशन हुन नसकेपछि संस्थाले कानुनी वैधता गुमाएको थियो ।

केन्द्रीय कार्यसमितिको निर्वाचन हुन नसकेको अवस्थामा नेपाल सरकारबाट पटक–पटक तदर्थ समिति गठन भए पनि उक्त समितिले अधिवेशन गर्न सकेको थिएन । रेडक्रसप्रेमीको साझा प्रयत्नबाट गत साउन २ र ३ गते सम्पन्न विशेष महाधिवशेनले प्रा सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

लामो समयदेखि नवीकरण हुन नसकेको संस्था नवीकरण हुनु नै वर्तमान कार्यसमितिको ठूलो उपलब्धिका रुपमा रहेको अध्यक्ष नेपाल बताउनुहुन्छ । यसबीचमा नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग पनि सम्बन्ध प्रगाढ बन्दै आएको उहाँको भनाइ छ ।

“चार÷पाँच वर्षदेखि बिग्रेको अन्तरराष्ट्रिय सम्बन्ध निर्वाचित कार्यसमिति आएपछि धेरै सुधार हुँदै गएको छ”, नेपाल रेडक्रसका अध्यक्ष नेपालले भन्नुभयो, “संस्थाका बारेमा केही अन्योलता देखिए प्रष्ट पार्दै जान्छौँ ।” अहिले नेपाल रेडक्रसमा कुनै पनि विवाद नरहेको जिकिर गर्दै उहाँले संस्थाको विधान र राज्यका कानुनलाई शिरोधार्य गरेर अघि बढिने बताउनुभयो ।

नयाँ कार्यसमितिले अघिल्ला तीन वर्षको लेखा परीक्षण सम्पन्न तथा आव २०८०/०८१ सम्मको वार्षिक प्रतिवेदन तयार गरेको छ । यसबीचमा वार्षिक साधारणसभा सम्पन्न, आव २०७९÷८० सम्मको करचुक्ता प्रमाणपत्र प्राप्त, गत मङ्सिर मसन्तसम्म समाज कल्याण परिषद्मा बुझाउनुपर्ने दायित्व भुक्तानी गरिएको रेडक्रसले जनाएको छ ।

नेपाल रेडक्रसको विधानलाई समावेशी बनाउने उद्देश्यका साथ मौजुदा विधान र नियमावलीलाई समयसापेक्ष परिमार्जन गरी सेवा प्रवाहमा सुधार ल्याइने रेडक्रसले जनाएको छ । रेडक्रसले आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने तयारी गरेको छ ।

विसं २०२० भदौ १९ गते स्थापना भएका नेपाल रेडक्रस सोसाइटी मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगी निकाय र समुदायको नजिकको संस्थाका रुपमा रहेको छ । रेडक्रसले विपद् व्यवस्थापन तथा प्रतिकार्य, सामुदायिक स्वास्थ्य सेवा, रक्तसञ्चार, एम्बुलेन्स, आँखा स्याहार, पर्यावरणीय संरक्षण, जनचेतना अभिवृद्धि, अन्तर्राष्ट्रिय कानुनको प्रवद्र्धन, शान्ति र मानवीय मूल्यको प्रवद्र्धनलगायका मानवीय सेवाका कार्य गर्दै आइरहेको छ ।

नेपाल रेडक्रसका सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार पाँच सय ६४ उपशाखा तथा छ हजार आठ सय ३२ जुनियर युवा रेडक्रस सर्कलमा १२ लाख बढी स्वयम्सेवक आबद्ध छन् । रासस