२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

८ वर्षको उमेरमा घाँटीमा अड्किएको थियो १ रुपैयाँको सिक्का, १३ वर्षपछि चिकित्सकले यसरी निकाले

८ वर्षको उमेरमा घाँटीमा अड्किएको थियो १ रुपैयाँको सिक्का, १३ वर्षपछि चिकित्सकले यसरी निकाले
अ अ+ अ-

एजेन्सी । भारतको उज्जैनको एक निजी अस्पतालबाट एउटा अचम्मको घटना बाहिर आएको छ । इन्दौर निवासी २१ वर्षीया युवती आफ्नो परिवारसँग उज्जैनको एक निजी अस्पताल पुगिन् ।

जहाँ चिकित्सकको टोलीले उनको घाँटी मुनि आहार नली नजिक १ रुपैयाँको सिक्का अड्किएको देखे । डाक्टरले शल्यक्रिया गरेर हटाउन सुझाव दिए । चिकित्सकको टोलीले सफलतापूर्वक शल्यक्रिया गरी १ रुपैयाँको सिक्का निकाले । अब कुरा अचम्मको छ किनकी १ रुपैयाँको सिक्का कहिले अड्कियो र कसरी निकालियो ।

८ वर्षको उमेरमा बालिकाको घाँटी तलको खाना नलीमा एक रुपैयाँको सिक्का फसेको थियो । १३ वर्षसम्म पीडाबिना जिउने केटी अहिले २१ वर्षको उमेरमा सिक्का निकाल्न आइन्, सबै छक्क परे ।

२१ वर्षीय नाजमीनका बुबा फारुकले आफू इन्दौरमा बस्ने र मजदुरी गर्ने बताए । ‘जब मेरी छोरी नाजमीन ८ वर्षकी गिइन्, उनको आग्रहमा मैले उनलाई चकलेट खानको लागि १ रुपैयाँको सिक्का दिएँ । त्यही क्रममा युवतीले सिक्का मुखमा राखेकी थिइन् र सिक्का घाँटीदेखि खाना नलीसम्म गयो ।’ उनले भने ‘छोरीले उल्टी गरिन् र त्यसपछि उनको अवस्था राम्रो भयो, त्यसैले हामीले सिक्का निस्क्यो कि भन्ने लाग्यो किनभने उनको कहिल्यै दुखाइ महसुस गरेनौं र हामीले पनि १३ वर्षसम्म ध्यान दिएनौं ।’

अब त्यो सिक्का घाँटी मुनिको खाना नलीमा अड्किएको खुलासा भयो । जसको लागि उज्जैनमा शल्यक्रिया गरिएको थियो र शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको थियो ।

नाजमिनका बुबा फारुकले बालिकाको तौल लगातार घट्दै गएको बताए । दुई–दुई ठाउँमा एक्स–रे सोनोग्राफी गर्दा घाँटीमुनि खानाको पाइपमा केही पदार्थ अड्किएको भेटियो । त्यतिबेला बुबालाई त्यो घटना याद आयो र तुरुन्तै बालिकाको शल्यक्रिया गराए, जुन उज्जैनमा सफल पनि भयो ।