८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट



अ+ अ-

गलकोट । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको  जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो । 

सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी दिनुभयो ।  आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट आरक्षको करीब ३० हेक्टर वनमा क्षति पुगेको छ । समयमै सुरक्षाकर्मी र कर्मचारी खटिएका कारण आगलागी नियन्त्रणमा आउँदा वन्यजन्तुको क्षति हुन नपाएको आरक्षले जनाएको छ । रासस