१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

हाम्रो पक्ष दोषी होइन, उच्च अदालत गएर प्रमाणित गर्छौ: सन्दीपका वकिल घिमिरे

हाम्रो पक्ष दोषी होइन, उच्च अदालत गएर प्रमाणित गर्छौ: सन्दीपका वकिल घिमिरे
अ अ+ अ-

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेका वकिल उच्च अदालत जाने भएका छन् ।

क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आउनुभएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताउनुभएको हो ।

बुधवार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्युनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उहाँले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको तर्कसमेत गर्नुभयो । अधिवक्ता घिमिरेले सो सम्बन्धि सम्मानित जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धि बहसमा आफूहरुले भाग लिएको स्पष्ट पार्नुभयो । सन्दिप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्युनतम सजाय होस भन्ने आफूहरुको भनाई रहेको उहाँले बताउनु भयो ।

अधिवक्ता घिमिरेले भन्नुभयो, ‘आज सजाय निर्धारण सम्बन्धि सुनुवाई थियो । हामीले बहस सकेका छौं । हामी सन्दीप लामिछाने शुरुवातीका दिनदेखि निर्दोष हो भन्ने मान्यता राख्दछौं । र ऊ पनि आफू निर्दोष छु भन्ने कुरामा पूर्ण विश्वास छ । तर हामीलाई सम्मानित अदालतको स्वतन्त्र, निष्पक्षमा अटल विश्वास छ । र त्यो हुँदाहुँदै पनि सम्मानित अदालतले गरेको दोषी ठहर गर्ने जुन फैसला गरेको छ । त्यसमा हाम्रो गम्भिर आपत्ति छ । अदालतले गरेको आदेश मान्नुपर्ने हाम्रो बाध्यता हुँदाहँुदै पनि हामी निर्दोष भएको हुनाले हामीले त्यसलाई च्यालेन्ज गर्ने हाम्रो राईट छ । हाम्रो त्यसमा गम्भिर आपत्ति छ । कि कुनै पनि वस्तुगत आधार, प्रमाणहरुले दोषी नदेखिँदा नदेखिँदै पनि सन्दीप लामिछाने दोषी भएको अवस्था छ । र, आज सजाय निर्धारणको सुनुवाईमा हामीले हामीलाई एउटा दुविधाको अवस्था के थियो भने हामीले निर्दोषितको माग गर्दागर्दै पनि हामीलाई न्युनतम सजायको माग गर्नुपर्ने अवस्था कानूनी हिसावले हाम्रो दायित्व रहेको हुनाले त्यो गर्नुपरेको हो ।

‘र यो मागको हामीलाई बिबन्धन लाग्दैन । र हामी माथिल्लो अदालत जाने हाम्रो अधिकार सुरक्षित छ । तर सन्दीप लामिछानेको व्यक्तित्व, उनले राष्ट्रिय जीवनमा खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्युनतम सजाय होस भन्ने हो । अब यो सजायको हकमा त अथवा यो दोषीको हकमा त हामी त्यो फैसला पूर्वाग्रहीपूर्ण भयो । र त्यो फैसलाले सन्दिप लामिछानेमाथि मानसिक दबाब र मानसिक प्रेसरमा राखिएको अवस्था छ । हामीलाई के विश्वास छ भने न्यायालयले आफूले फैसला सुनाउँदाखेरी कुनै आधार र प्रमाण पक्कै पनि लिएको हुनुपर्छ । तर त्यसमा हाम्रो आपत्ति र त्यसमा हाम्रो डिसेन्टिङ ओपनियन छ । त्यो बारेमा संविधानले सुरक्षित गरेको न्याय माग्न उच्च अदालत जाने हाम्रो अधिकार सुरक्षित भएको हुनाले हामी माथिल्लो अदालतमा गएर त्यसलाई च्यालेन्ज गर्छौं ।

‘हामी दोषी होइनौं, हाम्रो पक्ष दोषी होइन । र सन्दिप लामिछाने आफूलाई निर्दोषिता वा अझै पनि आफू निर्दोष रहेको कुराको दलिल गरेको छ । कुनैपनि कुराको आधार, कारण, प्रमाणहरुले सन्दीप दोषी देखिँदैनन् । तर अदालतले दिएको आदेश फेरी हामीले मान्नुपनि पर्ने भएको हुँदा त्यो अदालतको आदेशलाई हामीले अन्यथा भन्नुपर्ने ठाउँ छैन । तर त्यसलाई अन्यथा भन्नका लागि हामी उच्च अदालत गएर नै दाबी गर्छौ । दोषी भएको कुरामा हामीलाई विश्वास भएन । हामीले न्युनतम सजायको माग गरेका छौं । हामीलाई विश्वास छ–सम्मानित अदालतले न्युनतम सजायनै तोक्नेछ ।’

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने फैसला गत पुस १३ गते गरेको थियो ।