• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

घरमा राखिएका यी चिज बन्छन् अशुभको कारण, आजै हटाउनुहोस्



एजेन्सी । प्रत्येक व्यक्ति पर्याप्त पैसा होस् भन्ने चाहन्छ । तपाईको सम्पूर्ण जीवन सुख–शान्तिमा बितोस् र धन तथा अन्नको कुनै कमी नहोस् । यसका लागि मानिसहरु कडा मेहनत गर्छन् तर तपाईले देख्नु भएको होला कि कतिपय मानिसहरु जतिसुकै कोसिस गरेपनि सफलता प्राप्त गर्दैनन् ।

यस्ता व्यक्तिको जीवनमा सधैं कुनै न कुनै समस्या हुन्छ । वास्तु विज्ञहरुका अनुसार घरमा रहेको नकारात्मक उर्जाका कारण मानिसलाई समस्याको सामना गर्नु पर्ने हुन्छ ।

वास्तुशास्त्रमा केही यस्ता कुराहरु उल्लेख गरिएको छ, जुन घरमा भएमा नकारात्मक उर्जा आउँछ र एकपछि अर्को समस्या निम्त्याउँछ । आउनुहोस् जानौं घरमा कस्ता चीजहरू राख्नु हुँदैन ।

स्टोरमा राखिएका पुराना सामान
जुन चीजहरू आवश्यक पर्दैन, त्यसलाई मानिसहरूले फ्याँक्नुको सट्टा स्टोर कोठामा राख्छन् । तर प्रयोग नगरिएका सामान स्टोरमा राख्नु उचित होइन । यी कुराको कारणले देवी लक्ष्मी क्रोधित हुन्छिन्, जसका कारण तपाईलाई आर्थिक संकटको सामना गर्नु पर्ने हुन्छ ।

नचलेको घडी
बन्द वा खराब घडी पनि प्रगतिको बाटोमा बाधक बन्न सक्ने वास्तुविद्हरू बताउँछन् । यस्तो अवस्थामा यदि तपाईको घरमा पुरानो वा टुटेको घडी राखिएको छ भने तुरुन्तै बाहिर निकाल्नुहोस् । घरमा बन्द घडी राख्नाले तपाईको राम्रो समय रोक्न सक्छ ।

पुरानो डायरी
घरमा प्रयोग नगर्ने पुराना डायरीहरू नराख्नुहोस् । वास्तुशास्त्रका अनुसार पुरानो डायरीले पनि नकारात्मक ऊर्जा पैदा गर्छ, जसले परिवारका सदस्यहरू र उनीहरूको प्रगतिमा असर गर्छ । यस्तो अवस्थामा पुरानो वा बेकारको डायरी तुरुन्तै फ्याँकिदिनुहोस् ।

पुरानो अखबार
पुराना पत्रपत्रिका पनि घरमा राख्नु हुँदैन । यसले नकारात्मकता पनि निम्त्याउँछ, जसका कारण परिवारमा अशान्तिको वातावरण सिर्जना हुन्छ । यस्तो अवस्थामा यदि तपाईको घरमा लामो समयदेखि पुराना अखबारहरू छन् भने आजै फ्याँकिदिनुहोस् वा भंगार व्यापारीलाई दिनुहोस् ।

पुराना इलेक्ट्रोनिक उपकरण र मोबाइल फोन
बिग्रिएको मोबाइल फोन, चार्जर, केबल, बल्ब आदि सामान घरमा राख्नु हुँदैन । यसले घरमा नकारात्मक ऊर्जा ल्याउनेछ र परिवारका सदस्यहरूले आर्थिक कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ ।

खराब तालाहरू
पुरानो, बिग्रिएको वा खिया लागेको ताला घरमा कहिल्यै राख्नु हुँदैन । यी खराब तालाका कारण परिवारका सदस्यहरूको प्रगतिमा बाधा पुग्छ । यस्तो अवस्थामा यी तालाहरू तुरुन्तै मर्मत गर्नुहोस् वा हटाउनुस् ।