५ मंसिर २०८१, बुधबार
,
Latest
विवाहपञ्चमीमा जन्ती स्वागतको तयारी गर्दै स्थानीय तह २२ ग्रान्ड स्लाम च्याम्पियन नाडालले टेनिसबाट सन्यास लिए पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिवद्ध छः वनमन्त्री शाही २९ वर्षपछि श्रीमती सायरासँग अलग भए एआर रहमान सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएन गाजा युद्धविरामका लागि अमेरिकी योजनाका विच राष्ट्रसङ्घ पुनः मतदानका पक्षमा दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति रुकुम पूर्वको पुथाउत्तरगंगा २ मा माओवादी उम्मेदवार ‘काजु’ निर्विरोध, प्रचण्डले दिए बधाई उपचुनावमा माओवादीले खाता खोल्यो, जगत घर्ती निर्विरोध निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपस्वी बम्जनलाई आफूहरूको जिम्मा लगाउन समर्थकहरुको माग



अ+ अ-

काठमाडौँ । तपस्वी रामबहादुर बम्जनलाई आफूहरुसमक्ष जिम्मा लगाउन भन्दै उनका समर्थकहरु महाराजगञ्जस्थित सीआइबी कार्यालय पुगेका छन् ।

प्रहरीले भने मङ्गलबार पक्राउ परेका बम्जनलाई सर्लाही लैजाने तयारी गरेको छ । पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेर सीआईबीले दिउँसो बम्जनविरुद्ध मुद्दा चलिरहेको सर्लाहीमा आवश्यक कारबाही प्रक्रियाका लागि लैजान लागेको हो ।

यसैबीच पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामाले बम्जनलाई आफूहरूले निजी गाडीमा लैजाने भन्दै आफूहरुलाई जिम्मा लगाउन माग गर्नुभएको छ । उहाँले रामबहादुर आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउनसमेत प्रहरी अधिकारीसँग आग्रह गर्नुभएको छ ।

यद्यपि सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थपलगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन् । सीआईबी प्रवक्ता नवराज अधिकारीले बम्जनमाथिको मुद्दा र पक्राउबारे विस्तृत जानकारी गराउन आज दिउँसो १ बजे पत्रकार सम्मेलन राखिएको जानकारी दिनुभयो ।

बम्जनका समर्थक बिहानैदेखि सीआईबीमा भेला भएका छन् । बम्जनले भने कानूनलाई सम्मान गर्ने भन्दै समर्थकलाई उत्तेजक नहुन आग्रह गरेको बताइएको छ ।

बलात्कार, हत्या, बेपत्ता पारेकोलगायतका आरोपमा बमजनविरुद्ध प्रहरीमा उजुरी छ । हिजो परिवार भेट्न आउँदा उनी बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।