२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

रसुवामा चिसो हट्दै : पर्यटक बढ्दै

रसुवामा चिसो हट्दै : पर्यटक बढ्दै
अ अ+ अ-

रसुवा । अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कोभिड–१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको सङ्ख्या बढ्न थालेको हो । लाङ्टाङ तथा तामाङ सम्पदा मार्गमा आउने पर्यटक बढी देखिएका छन्  । 

हिमाली भेगको हिमपात क्रमशः पग्लिन थालेको, तातोपनमा बढ्दै गएकाले आन्तरिक पर्यटकको आगमन सङ्ख्या क्रमशः बढ्न थालेको व्यवसायीले बताएका छन् । रसुवा धुम्ने पर्यटकको सङ्ख्या हिजोआज दैनिक २०/२५ जनाले बढिरहेका छन् । उनीहरू गोसाइँकुण्डतर्फ धार्मिक यात्रामा केन्द्रित हुने गरेका छन् । हिमाली प्रकृतिको अवलोकन गर्ने उपयुक्त समय भएको र कोभिड–१९ को सङ्क्रमण शून्यमा झरिसकेकाले यही चैत १५ गतेदेखि दैनिक २०० भन्दा बढीको आगमन हुने अनुमान गरिएको छ ।
      
पर्यटक बढेसँगै भोजन तथा बासको उचित प्रबन्ध मिलाउन आवश्यकपर्ने खाध्यान्न भण्डार र सुत्नका लागि लजको सुदृृढीकरण भइसकेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिनुभयो । विदेशी पर्यटकको भरमा आत्मनिर्भर बनेको लाङ्टाङ पर्यटकीय पदमार्गमा पनि फाट्टफुट्ट  रूपमा आन्तरिक पर्यटक आउन थालेका कारण केही राहत मिलेको लाङ्टाङ क्षेत्रका व्यवसायी ढिण्डुप तामाङले बताउनुभयो ।
 
उता तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङको पार्वतीकुण्ड, बाक्लो मानवबस्ती लोकल परिकारका भोजन, परम्परागतको वेषभूषा अवलोकन, जङ्गलमा चर्ने हिमाली चौरीगाईका बथानको अवलोकनजस्ता आर्कषणले पर्यटक रमाउने गरेको पर्यटन व्यवसायका अगुवा फुर्पु दोर्जे तामाङले बताउनुभयो ।

रसुवा क्षेत्रमा विसं २०५७/५८ मा स्थापना गरिएको बृद्धिम घरबासमा आउने पाहुनाका लागि आर्कषण बन्दै गएको छ । पर्यटन प्रर्वद्धनकोे माध्यमबाट ग्रामीण गरीबी न्यून हुने विश्वासका साथ तत्कालीन घरबास सञ्चालनमा ल्याइएको हो । हाल यहाँ २७ घरले आगन्तु पाउनालाई सेवा दिइरहेका छन् । घरबासमा आउने पाउनालाई बृद्धिम पुग्नासाथ पहिलोे स्वागत गरी वासस्थानको घर तोक्ने र लोकल परिकारका खाना खुवाउने व्यवस्थापन गरिएको बृद्धिम घरबास सञ्चालन समितिका अध्यक्ष नुर्पु तामाङले जानकारी दिनुभयो ।
 
खानपिन र बसोबासमा कुनै समस्या नपर्ने र हिमाली प्रकृतिको छ सुन्दर देखिन थालेका कारण रसुवा घुम्नको लागि यहाँका व्यवसायीले पाउना माझ अग्रह गरेका छन् ।