१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामबहादुर बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराउने



अ+ अ-

काठमाडौं । हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ ।

जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी भएको सीआईबीका एक अधिकारीले बताए ।

सिआइबीले बम्जनलाई मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले बम्जनविरुद्ध किटानी जोहरी दिएकी थिइन् ।

बम्जनमाथि सर्लाहीस्थित आश्रममा बलात्कार गरेको भन्दै उजुरी समेत परेको थियो । साथै, सिुन्धलीस्थित आश्रमबाट बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ ।

मंगलबार पक्राउ परेका बम्जनको घरबाट प्रहरीले ३ करोड भन्दा बढी नगद बरामद गरेको छ । बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन् । त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ ।