१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको अदालतले भन्योः ‘समलिङ्गी विवाहलाइ मान्यता नदिनु संविधान विपरीत’



अ+ अ-

टोकियो । जापानको एक अदालतले समलिङ्गी विवाहलाई कानूनी मान्यता नदिनु संविधानको उल्लङ्घन हुने फैसला सुनाएको छ । समलिङ्गी विवाहलाई मान्यता नदिनु संविधानको उल्लङ्घन हो भनी होक्काइदो क्षेत्रमा बसोबास गर्ने ३ जोडी समलिंगीहरुले दायर गरेको मुद्दामा साप्पोरो जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो । 

ति जोडीहरुले राज्यसंग क्षतिपूर्तिको माग समेत गरेकोमा क्षतिपूर्ति पाउनु पर्ने मागलाई भने अस्वीकार गरेको छ । उनीहरुले समलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने माग राख्दै  ३ वर्ष अघि साप्पोरो जिल्ला अदालतमा सरकार बिरुद्ध मुद्दा दायर गरेका थिए । 

जापानको राजधानी टोकियो सहित नागोया, ओसाका, फ़ुकुओका र साप्पोरोका अदालतमा एउटै प्रकृतिका मुद्दाहरु विचाराधीन भए पनि साप्पोरो जिल्ला अदालतले छिटो फैसला सुनाएको हो । समलिङ्गी विवाहको पक्षमा भएको यो पहिलो फैसला हो ।  

संविधानको धारा २४ मा 'विवाह दुइ पक्षको सहहति अनुसार' भनेर उल्लेख गरेकाले समलिङ्गी विवाहलाइ कानूनले बर्जित गर्न नमिल्ने उनीहरुको दाबी थियो । तर सरकारी अधिकारीहरुले भने 'दुइ पक्षको सहमति अनुसार' भन्नुको अर्थ महिला र पुरुषबीचको सहमति भन्ने अर्थ भएको जिकिर गर्दै आएका थिए । 

यस अघि गत बर्षको मार्च महिनामा टोकियो उच्च अदालतले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन नमिल्ने तर पार्टनरको रुपमा स्वीकार गर्ने फैसला गरेको थियो । जापानमा समलिङ्गीले विवाह गरेता पनि कानूनी रुपमा दर्ता गर्न मिल्दैन । कारण, जापानको कानूनमा महिला र पुरुष बीच मात्रै विवाह हुने भनेर उल्लेख गरिएको छ ।