८ आश्विन २०८१, मंगलवार
,
Latest
जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको अदालतले भन्योः ‘समलिङ्गी विवाहलाइ मान्यता नदिनु संविधान विपरीत’



अ+ अ-

टोकियो । जापानको एक अदालतले समलिङ्गी विवाहलाई कानूनी मान्यता नदिनु संविधानको उल्लङ्घन हुने फैसला सुनाएको छ । समलिङ्गी विवाहलाई मान्यता नदिनु संविधानको उल्लङ्घन हो भनी होक्काइदो क्षेत्रमा बसोबास गर्ने ३ जोडी समलिंगीहरुले दायर गरेको मुद्दामा साप्पोरो जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो । 

ति जोडीहरुले राज्यसंग क्षतिपूर्तिको माग समेत गरेकोमा क्षतिपूर्ति पाउनु पर्ने मागलाई भने अस्वीकार गरेको छ । उनीहरुले समलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने माग राख्दै  ३ वर्ष अघि साप्पोरो जिल्ला अदालतमा सरकार बिरुद्ध मुद्दा दायर गरेका थिए । 

जापानको राजधानी टोकियो सहित नागोया, ओसाका, फ़ुकुओका र साप्पोरोका अदालतमा एउटै प्रकृतिका मुद्दाहरु विचाराधीन भए पनि साप्पोरो जिल्ला अदालतले छिटो फैसला सुनाएको हो । समलिङ्गी विवाहको पक्षमा भएको यो पहिलो फैसला हो ।  

संविधानको धारा २४ मा 'विवाह दुइ पक्षको सहहति अनुसार' भनेर उल्लेख गरेकाले समलिङ्गी विवाहलाइ कानूनले बर्जित गर्न नमिल्ने उनीहरुको दाबी थियो । तर सरकारी अधिकारीहरुले भने 'दुइ पक्षको सहमति अनुसार' भन्नुको अर्थ महिला र पुरुषबीचको सहमति भन्ने अर्थ भएको जिकिर गर्दै आएका थिए । 

यस अघि गत बर्षको मार्च महिनामा टोकियो उच्च अदालतले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन नमिल्ने तर पार्टनरको रुपमा स्वीकार गर्ने फैसला गरेको थियो । जापानमा समलिङ्गीले विवाह गरेता पनि कानूनी रुपमा दर्ता गर्न मिल्दैन । कारण, जापानको कानूनमा महिला र पुरुष बीच मात्रै विवाह हुने भनेर उल्लेख गरिएको छ ।