८ आश्विन २०८१, मंगलवार
,
Latest
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा सुनको मूल्य हालसम्मकै उच्च पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ को मृत्यु विर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको अदालतले भन्योः ‘समलिङ्गी विवाहलाइ मान्यता नदिनु संविधान विपरीत’



अ+ अ-

टोकियो । जापानको एक अदालतले समलिङ्गी विवाहलाई कानूनी मान्यता नदिनु संविधानको उल्लङ्घन हुने फैसला सुनाएको छ । समलिङ्गी विवाहलाई मान्यता नदिनु संविधानको उल्लङ्घन हो भनी होक्काइदो क्षेत्रमा बसोबास गर्ने ३ जोडी समलिंगीहरुले दायर गरेको मुद्दामा साप्पोरो जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो । 

ति जोडीहरुले राज्यसंग क्षतिपूर्तिको माग समेत गरेकोमा क्षतिपूर्ति पाउनु पर्ने मागलाई भने अस्वीकार गरेको छ । उनीहरुले समलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने माग राख्दै  ३ वर्ष अघि साप्पोरो जिल्ला अदालतमा सरकार बिरुद्ध मुद्दा दायर गरेका थिए । 

जापानको राजधानी टोकियो सहित नागोया, ओसाका, फ़ुकुओका र साप्पोरोका अदालतमा एउटै प्रकृतिका मुद्दाहरु विचाराधीन भए पनि साप्पोरो जिल्ला अदालतले छिटो फैसला सुनाएको हो । समलिङ्गी विवाहको पक्षमा भएको यो पहिलो फैसला हो ।  

संविधानको धारा २४ मा 'विवाह दुइ पक्षको सहहति अनुसार' भनेर उल्लेख गरेकाले समलिङ्गी विवाहलाइ कानूनले बर्जित गर्न नमिल्ने उनीहरुको दाबी थियो । तर सरकारी अधिकारीहरुले भने 'दुइ पक्षको सहमति अनुसार' भन्नुको अर्थ महिला र पुरुषबीचको सहमति भन्ने अर्थ भएको जिकिर गर्दै आएका थिए । 

यस अघि गत बर्षको मार्च महिनामा टोकियो उच्च अदालतले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन नमिल्ने तर पार्टनरको रुपमा स्वीकार गर्ने फैसला गरेको थियो । जापानमा समलिङ्गीले विवाह गरेता पनि कानूनी रुपमा दर्ता गर्न मिल्दैन । कारण, जापानको कानूनमा महिला र पुरुष बीच मात्रै विवाह हुने भनेर उल्लेख गरिएको छ ।