२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

सर्वोत्तम सिमेन्टको साधारण शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

सर्वोत्तम सिमेन्टको साधारण शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
अ अ+ अ-

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओ (साधारण शेयर) बिक्रि गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त भएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो । 

साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सम्झौता पछिको पत्रकार सम्मेलनमा कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत ६० लाख कित्ता बराबरको आइपिओ बिक्रि गर्न लागेको बताएको छ । 

हाल कम्पनीको ३ अर्ब ४० करोड रुपियाँ चुक्ता पुँजी रहेको छ । बुक विल्डिङ विधिमार्फत् बिक्रि हुने आईपीओको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिने कम्पनीले जानकारी दिएको छ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी गरेको छ । 

नेपालमा बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनि बन्नेको छ । कम्पनीको ६० लाख कित्ता आइपीओ मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।