१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहयोग गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संसद्मा विचाराधीन सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमा आफूहरूले कुनै किसिमको बाधा अवरोध खडा नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमार्फत द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका जायज माग सम्बोधन गर्न आग्रह गर्दै उनीहरूले सरकारले सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोहीबाट मारिएका दुवै पक्षलाई समान व्यवहार गरेका कारण आफूहरू विधेयकप्रति सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भेटमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका वरिष्ठ उपाध्यक्ष रीता कार्कीले युद्धको पीडा र मर्म प्रधानमन्त्री दाहाललाई जति अरू नेतालाई अनुभूत नहुने भन्दै प्रधानमन्त्री दाहालकै कार्यकालमा द्वन्द्वपीडितका सबै माग सम्बोधन हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारले सरकार र विद्रोही दुवै तर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमासमेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै विधेयकमा सम्भव हुने विषय समावेश गरी परिमार्जन गरिने बताउनुभयो । रासस