१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ वर्षीय छोराको हत्या अभियोगमा बाबु पक्राउ



अ+ अ-

ईलाम । प्रहरीले आफ्नै छोराको हत्या अभियोगमा बाबुलाई पक्राउ गरेको छ ।

इलाम, माई नगरपालिका-६ बिहिबारेमा १९ वर्षीय आफ्नै छोरा जीवन राईको हत्या गरेको अभियोगमा बुबा ३६ वर्षीय दिल कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।