२१ असार २०८३, आईतवार
,
Latest
सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

“कदर पत्रले अझै उर्जा दियो” अध्यक्ष पुन



अ+ अ-

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २१ औँ वार्षिक सभाको अवसरमा चलचित्र पत्रकार दाङ शाखाका अध्यक्ष शिव पुनलाई कदर पत्र प्रदान गरिएको छ । उनले चलचित्र पत्रकारितामा पुर्याएको योगदानलाई मध्यनजर गर्दै उनलाई सो पत्र प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले पुनको प्रशंसा गर्दै कदर पत्र प्रदान गरेका हुन् । अध्यक्ष पुनले दाङमा रहेर चलचित्र पत्रकारिता गर्दै आएका छन् ।

अध्यक्ष पुनले भने, “खुसी लागेको छ । अझै थप जोश बढेर आएको छ । यो कदर पत्रले आफ्नो कर्ममा अझै उर्जा दिई सक्रिय रहन अवश्य भूमिका खेल्नेछ ।” दाङमा रहेर चलचित्र पत्रकारिता गर्न चुनैतीहरु भए पनि त्यसलाई सहजै पार गरेर अघि बढ्ने हौसला मिलेको उनले बताएका छन् ।