३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ४०.४० अकंले बढ्यो, होटल एण्ड टुरिजम समूहको परिसूचक सर्वोधिक वृद्धि



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ४०.४० अकंले बढेर  २ हजार ४ सय ३२.१४ विन्दुमा पुगेको छ । यो भनेको शेयर बजार १.६९ प्रतिशतले वृद्धि भएको हो । 

बुधबार २१२ वटा कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयरको ४४ हजार ६९७ पटकमा रू. ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ बराबरको शेयर खरीदविक्री भएको हो । 

बुधवारको कारोबारमा सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चरले ओगटेको छ । उक्त कम्पनीको रू. २० करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको रू. १८ करोड ८४ लाख ९५ हजार बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १३ वटा समूहको परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो । योदिन सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको परिसूचक ४.२६ प्रतिशत वृद्धि भएको छ । 

बैंकिङ समूहको परिसूचक १.१२ प्रतिशत, व्यापार समूहको परिसूचक १.१६ प्रतिशत, विकास बैंक समूहको परिसूचक १.०८ प्रतिशत, जलविद्युत् समूहको परिसूचक १.४९ प्रतिशत, वित्त समूहको १.२१ प्रतिशत, निर्जीवन बीमा कम्पनीको परिसूचक १.९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.८६ प्रतिशत वृद्धि भएको छ । 

यसैगरी अन्य समूहको परिसूचक २.५५ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.७७ प्रतिशत, जीवन बीमा समूहको २.३४ प्रतिशत, म्युचुअल फण्डको ०.७८ प्रतिशत र लगानी समूहको परिसूचक १.३५ प्रतिशतले वृद्धि भएको हो । 

कारोबारमा आएका २१२ वटा कम्पनीमध्ये ६ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।  सबैभन्दा बढी चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९२ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य आज २७ दिनसम्म निरन्तर ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि हुँदै आएको छ । 

योदिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १७५ पुगेको हो । जोशी हाइड्रोपावरको शेयर मूल्य ९.७७ प्रतिशत, ग्रीन लाइफ हाइड्रोपावरको ९.७६ प्रतिशत, युनाइटेड इदि मार्दी हाइड्रोपावरको ९.७० प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको ९.६६ प्रतिशत र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ९.३८ प्रतिशतका दरले वृद्धि भएको हो ।

त्यसैगरी सबैभन्दा बढी घलेम्दी हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८.९५ प्रतिशतले घटेको हो । 

योदिन शेयर मूल्य प्रतिकित्ता रू. १७३ मा झरेको छ । दोस्रोमा गुडवील फाइनान्स कम्पनीको शेयर मूल्य २.७८ प्रतिशतले घटेको छ । विगत केहि दिनदेखि घटेको बजारमा पुन स् खरीदकर्ता सक्रिय हुँदा बजार बढेको देखिएको छ ।