२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

पति–पत्नीको सम्बन्धलाई पनि समय समयमा रिचार्ज गर्न आवश्यक छ !

पति–पत्नीको सम्बन्धलाई पनि समय समयमा रिचार्ज गर्न आवश्यक छ !
सांकेतिक तस्बिर
अ अ+ अ-

एजेन्सी । ‘कृष्णा कटेज’, ‘३६ चाइना टाउन’ र ‘डन’ जस्ता फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री ईशा कोप्पिकर विवाहको १४ वर्षपछि पतिसँग अलग भएकी छिन् । ईशा र उनका श्रीमान् टिमी नारङ दुवैले सम्बन्धविच्छेदको कारण भने भनेका छैनन् तर विवाहको यति वर्षपछि छुट्टिने निर्णय भने अलि अनौठो लाग्छ ।

खैर, उनी यस्तो पहिलो अभिनेत्री भने होइनन्, यसमा आमिर खान–किरण राव (१५ वर्ष), दिया मिर्जा–साहिल सांगा (११ वर्ष), सोहेल खाना–सीमा साझेद (२४ वर्ष), अर्जुन रामपाल–मेहर जेसिया (२१ वर्ष) छन् । यीबाहेक यस्ता धेरै नामहरू पनि समावेश छन् ।

यदि तपाईं विवाहको वर्षहरू बितेको सम्बन्धमा उस्तै आकर्षण कायम राख्न चाहनुहुन्छ भने, समय– समयमा आफ्नो सम्बन्धलाई रिचार्ज गरिरहनु महत्त्वपूर्ण छ ।

पुरानो समय सम्झना गर्ने
यदि तपाईलाई पनि आफ्नो सम्बन्धमा बोर लाग्न थालेको छ भने आफ्नो पार्टनरबाट यो कुरा लुकाउनुको सट्टा उनीसँग कुरा गर्नुहोस् । उनलाई भन्नुहोस् कि सम्बन्धमा कुन चीजहरू हराइरहेका छन् । ‘पहिले जस्तै हामी डेटमा जान्थ्यौं, एकअर्कालाई आश्चर्यचकित गर्थ्यौं, एकअर्काको लागि समय निकाल्न मन पराउँथ्यौं ।’ ती चीजहरू पुनः प्राप्त गर्न समय लिनुहोस् । यसबाट सम्बन्धलाई पुनः स्थापित गर्न सकिन्छ ।

यात्रा योजना बनाउने
सँगै कतै यात्राको योजना बनाउनुहोस् । यो सम्बन्ध रिचार्ज गर्न एक धेरै राम्रो तरिका हो । यात्रा गर्दा, तपाईंले आफ्नो जीवनबाट हराएको समयलाई पुनः जिउनुहुन्छ ।

‘म होइन हामी’ समय निकाल्ने
निस्सन्देह, सम्बन्धमा एक अर्कालाई स्पेस दिनु महत्त्वपूर्ण छ, तर केहि समय पछि, जोडीहरूले म भन्दा हामीमा बढी ध्यान दिनुपर्छ । यदि धेरै होइन भने, कम्तिमा सँगै चिया पिउनुहोस्, चलचित्र वा विकेन्डमा सँगै डिनरमा जानुहोस् । सबैभन्दा सजिलो र सबैभन्दा रमाइलो तरिका भान्सामा सँगै खाना पकाउनु हो । सँगै समय बिताउन विभिन्न तरिकाहरू खोज्नुहोस् । जसले सम्बन्धको रोमाञ्च र मायालाई कायम राख्छ ।