१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको आक्रमणमा एकको मृत्यु



अ+ अ-

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा जानुभएको थियो । 

बाघले रावतलाई आक्रमण गरेको थाहा पाउँदा निकुञ्ज सुरक्षार्थ खटिएका देवीदत्त नेपाली सेनाका गणपति दिनेश कार्कीको टोली र इलाका प्रहरी कार्यालय बगनाहाबाट गएको संयुक्त टोलीले आज शव फेला पारेको छ । रावतको शव परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।