२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताउनुभयो ।

सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यहाँबाट भित्रिनेहरू प्राय: भैरहवाको नाकाबाट भारत जाने गरेका उहाँको भनाइ थियो ।

“यहाँबाट फ्रान्स, नेदरल्याण्ड, अमेरिका, बेलायत र जर्मनलगायत मुलुकका नागरिक नेपाल भ्रमणका लागि बढी भित्रिने गरेका छन् । दोस्रो भेरियन्टपछि पर्यटकको फिर्तीका लागि व्यवस्था मिलाउन माथिल्लो निकायमा पत्राचार गर्नाका साथै स्थानीयस्तरबाट पहल गरिएको थियो”, नासु भट्टले भन्नुभयो, “तर अझै नाका भने सहज गरिएको छैन ।”

यहाँबाट नेपाल प्रवेश गर्ने पर्यटक लुम्बिनी, पोखरा र बर्दियालगायत स्थानमा जान बढी रुचाउने गरेको उहाँले जानकारी दिनुभयोे । “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत यहाँका पर्यटकीयस्थलका बारेमा नाकामा कुनै खाले प्रचार नै भएन,” नासु भट्टले भन्नुभयो, “केही दिनअघि मात्रै शुक्लाफाँटाको एउटा बोर्ड राखिएको छ ।” त्यसैगरी केही समयअघि गृह जिल्ला कञ्चनपुर पुग्नुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसित पनि पर्यटकका लागि नाका सहज गरिदिनेबारे कञ्चनपुर उद्योग वाणिज्य सङ्घलगायत यहाँका व्यापारी र व्यवसायीले माग गरेका थिए ।

जिल्ला उद्योग वाणिज्य सङ्घका महासचिव खगेश्वरप्रसाद बोहराले नाकाबाट पर्यटक जाने विषयमा मन्त्रीस्तरमा वाणिज्य सङ्घले पहल गरे पनि सुनुवाइ नभएको बताउनुभयो । “पर्यटकलाई नेपाल भित्रिँदा पनि रु २५ हजारभन्दा बढी रकम ल्याउन पनि नदिएको गुनासो छ,” उहाँले भन्नुभयो, “त्यसका लागि पनि हामीले पहल गरिदिन आग्रह गर्दै आएको छौँ ।” रासस