• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्छ: उपप्रधानमन्त्री खड्का



file photo

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा आयोजित नेपाल ज्योतिष परिषद्को २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या भएको बताउनु भयो । उहाँले ज्योतिष विद्यालाई यदाकदा हचुवाको रुपमा अभ्यास गर्ने र जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको भन्दै यस भन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमुलक विद्याको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या हो । समयको परिवर्तनसँगै हाम्रो परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर यसको प्रचारप्रसार गर्नुपर्छ । ज्योतिष विद्यालाई यदाकदा हचुवाको रुपमा अभ्यास गर्ने, यसलाई जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको केही संकेत र प्रश्नमाथि उठेर यसलाई तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमुलक विद्याको रुपमा विकास गर्न आवश्यक छ ।’

उपप्रधानमन्त्री खड्काले नेपाल ज्योतिष परिषद्ले ज्योतिष विद्याको प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनु भयो ।