२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तोषीको हत्या गर्ने पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका वडानम्बर १४ बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाण्डौले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो । प्रहरीले हत्यामा संलग्न सन्तोषलाई पनि सार्वजनिक गरेको छ । लागुऔषध दुर्रव्यसनी सन्तोष श्रीमतीबीच सम्बन्ध राम्रो नभएको र घरयासी झैझगडाकै कारण उनले हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले अपराधीले आफुले हत्या गरेको स्वीकार गरिसकेको जानकारी दिनुभयो ।

प्रहरीले सन्तोषीको मृत शरिरलाई बोरामा प्याक गरि फालेको अवस्थामा फेला पारेको थियो । प्रहरीले टोखा नगरपालिका वडा नम्बर ३ का सुर्य दर्शनहाईटका आशिष लिम्बुको हत्यामा संलग्न ३ जना लाई पनि सार्वजनिक गरेको छ । लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्ँद्र कुमार शाहलाई सार्वजनिक गरिएको हो । उनीहरुसंग आशिषको झैझगडा भएको र त्यही रिसिइवीमा हत्या भएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीले फागुन २९ गते टोखा मालुङको बाँसको झ्याङमा तन्नामा पोको पारी फालेको अवस्थामा आशिष लिम्बुको शब फेला पारेको थियो । दुवै घटनाका दोषी उपर अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।