• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   लोपोन्मुख अवस्थामा मौलिक सीप ★   वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य ★   शंखमुलस्थित एक पसलमा आगलागी ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई छैटौं सफलता ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पाँचौं सफलता ★   विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा ★   नेपालीलाई चिनियाँ भिसा नि:शुल्क, एक्सप्रेस र सेवा शुल्क भने यथावत ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौंथो सफलता, भुर्तेलले लिए दुई विकेट ★   लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक वर्षमा १६ लाख नेपालीले देश छाडे



फाईल फोटो

काठमाडौँ । सन् २०२३ मा १६ लाख भन्दा धेरै नेपालीले देश छाडेका छन् । अध्यागमन विभागले एक तथ्याङक जारी गर्दै वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि १२ महिनाको अवधिमा १६ लाख ३ हजार ८३६ जना बिदेसिएका जनाएको छ । जसमा ४ लाख ३२ हजार ५८४ जना महिला रहेका छन् भने ११ लाख ७१ हजार १८६ जना पुरुष रहेका छन् ।

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि कुल ८ लाख ८ हजार ४१५ जना बाहिर गएका छन् ।पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विदेशसिएका छन् भने पारिवारिक प्रयोजनका लागि १ लाख ६७ हजार ४८५ जना बाहिरीएका छन् ।

यस्तै, वैदेशिक अध्ययनका लागि एक वर्षको अवधिमा १ लाख ८ हजार ५४२ जना विदेशसिएका विभागले जनाएको छ । जसमा पुरुष ५९ हजार ९७८ र महिला ४८ हजार ५६२ जना रहेका छन् ।

अस्थायी आवासीय भ्रमणमा ९२ हजार ३४९ जना र स्थायी आवासीयमा कुल ७० हजार ९१५ जना बाहिरिएको विभागले तथ्याङ्कमा उल्लेख छ । कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २६३ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन् ।

त्यसैगरी, त्रिभुवन विमानस्थल हुँदै व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरैले देश छोडेका छन् ।