१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक वर्षमा १६ लाख नेपालीले देश छाडे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सन् २०२३ मा १६ लाख भन्दा धेरै नेपालीले देश छाडेका छन् । अध्यागमन विभागले एक तथ्याङक जारी गर्दै वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि १२ महिनाको अवधिमा १६ लाख ३ हजार ८३६ जना बिदेसिएका जनाएको छ । जसमा ४ लाख ३२ हजार ५८४ जना महिला रहेका छन् भने ११ लाख ७१ हजार १८६ जना पुरुष रहेका छन् ।

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि कुल ८ लाख ८ हजार ४१५ जना बाहिर गएका छन् ।पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विदेशसिएका छन् भने पारिवारिक प्रयोजनका लागि १ लाख ६७ हजार ४८५ जना बाहिरीएका छन् ।

यस्तै, वैदेशिक अध्ययनका लागि एक वर्षको अवधिमा १ लाख ८ हजार ५४२ जना विदेशसिएका विभागले जनाएको छ । जसमा पुरुष ५९ हजार ९७८ र महिला ४८ हजार ५६२ जना रहेका छन् ।

अस्थायी आवासीय भ्रमणमा ९२ हजार ३४९ जना र स्थायी आवासीयमा कुल ७० हजार ९१५ जना बाहिरिएको विभागले तथ्याङ्कमा उल्लेख छ । कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २६३ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन् ।

त्यसैगरी, त्रिभुवन विमानस्थल हुँदै व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरैले देश छोडेका छन् ।