५ मंसिर २०८१, बुधबार
,
Latest
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस सत्य निरुपण र बेपत्ता छानबिन आयोगका लागि १५६ जनाको आवेदन रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप चित्ताकर्षक ‘सानो आँधीमूल’ पर्यटकको प्रतीक्षामा ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ कालिका मन्दिरमा ३५ लाख भेटी सङ्कलन रङ्गीविरङ्गी छाताले सिँगारियो धार्मिक पर्यटकीयस्थल दोमुखा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन मन्त्री बद्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी प्रधानमन्त्रीले विदेशमा राखेको भनिएको सम्पत्तिको यथार्थता सार्वजनिक गर्न राप्रपाका प्रवक्ताको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाक्लो हुस्सुका कारण महोत्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु



अ+ अ-

जलेश्वर । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा  रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र  भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार भङ्गहा –५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ ।गए राति  जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताउनुभयो ।

बाक्लो हुस्सुका कारण तीव्रगतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई  नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ  । दुर्घटनापश्चात गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएकामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । रासस