१८ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

४७ किलो अवैध चाँदीसहित तीन जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले ४७ किलो अवैध चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ ।

राजश्व छलि गरि बिल-बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री वितरण गर्ने कामेश्वर शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट ४७ किलो चाँदी र तीन थान मोबाईल फोन बरामत गरेको छ ।

पक्राउ परेका तीनै जनालाई राजस्व छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाईएको प्रहरीले जनाएको छ ।