५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

भगवान रामले ‘ननभेज’ खान्थे भनेपछि विवादमा फस्यो फिल्म ‘अन्नपूर्णी’

भगवान रामले ‘ननभेज’ खान्थे भनेपछि विवादमा फस्यो फिल्म ‘अन्नपूर्णी’
अ+ अ-

एजेन्सी । ‘जवान’ अभिनेत्री नयनताराको पछिल्लो फिल्म ‘अन्नपूर्णी’ विवादमा परेको छ । फिल्ममा केही यस्ता दृश्य देखाइएको छ, जसमा मानिसहरूले आपत्ति जनाउँदै यसलाई ‘हिन्दू विरोधी’ भनेका छन् । शिव सेनाका पूर्व नेताले पनि फिल्मविरुद्ध मुद्दा दायर गरेका छन् ।

२०२३ डिसेम्बर १ मा थिएटरहरूमा रिलिज भएको अन्नपूर्णी हालै ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो । यो चलचित्र हाल नेटफ्लिक्सको शीर्ष १० चार्टमा ट्रेन्डिङमा छ । यसैबीच फिल्मलाई लिएर विवाद भइरहेको छ ।

शिवसेनाका पूर्व नेता रमेश सोलंकीले नयनतारा स्टारर फिल्म ‘अन्नपूर्णी’का निर्माताविरुद्ध उजुरी दिएका छन् । रमेशले माइक्रोब्लगिङ साइट एक्स (ट्विटर)मा मुद्दा दर्ता भएको जनाउँदै पोस्ट सेयर गरेर आक्रोश व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले हिन्दू विरोधी नेटफ्लिक्सविरुद्ध उजुरी दर्ता गरेको छु । एकातिर सारा विश्व भगवान श्री राम मन्दिरको अभिषेकमा रमाइलो गरिरहेको बेला नेटफ्लिक्समा जी स्टुडियो, नाद स्टुडियो र ट्राइडेन्ट आर्ट्स द्वारा निर्मित हिन्दू विरोधी फिल्म अन्नपूर्णी रिलिज भएको छ ।’

रमेश सोलंकीले थप ट्वीट गर्दै लेखेका छन्,ू ‘१. हिन्दू पुजारीकी छोरीले बिरयानी बनाउन नमाज पढिन् । २. यो फिल्ममा लभ जिहादको प्रचार गरियो । ३. फरहान (अभिनेता)ले अभिनेत्रीलाई भगवान् श्रीरामले पनि मासु खान्थे भन्दै मासु खान उत्प्रेरित गरे । नेटफ्लिक्स र जी स्टुडियोले जानाजानी हिन्दू भावनामा चोट पुर्याउन प्राणप्रतिष्ठाको वरिपरि यो फिल्म बनाए र रिलिज गरेका हुन् ।’

नीलेश कृष्णले निर्देशन गरेको ‘अन्नपूर्णी’ मा नयनताराले अन्नपूर्णीको भूमिका निभाएकी छिन् । अन्नपूर्णी एक केटी हुन् जो एक पुजारीकी छोरी हुन् र बाल्यकालदेखि नै शेफ बन्न चाहन्छिन् । जब अन्नपूर्णी आफ्नो परिवारको विरुद्धमा जान्छिन् र शेफ बन्न प्रशिक्षण लिन्छिन् । फिल्मको एक दृश्यमा तालिमको क्रममा अन्नपूर्णी भान्साको काम पूरा गर्न नसकेर बेहोस भइन् भन्ने देखाइएको छ ।

त्यसपछि उनका साथी फरहान (जय)ले उनलाई रामायणको उदाहरण दिन्छन् । फरहान भन्छन्, ‘रामायणमा वाल्मीकिले भनेका छन् कि जब भगवान राम, सीता र लक्ष्मण जङ्गलमा भोकाएका थिए, तब उनीहरूले जनावरहरूलाई मारेर खाएका थिए । रामायणमा उनीहरूले ननभेज खान्थे भन्ने पनि लेखिएको छ ।’ यसपछि अन्नपूर्णीले कुखुरा काट्छिन् र राम्रो शेफ बन्न ननभेज खान थाल्छिन् ।