२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

विशेष आर्थिक क्षेत्रले हासिल गर्न सकेन सफलता

विशेष आर्थिक क्षेत्रले हासिल गर्न सकेन सफलता
अ अ+ अ-

बुटवल । रुपन्देहीको भैरहवामा पाँच वर्षअघि स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)ले अपेक्षित सफलता हासिल गर्न सकेको छैन । 

निर्यातलाई बढाएर व्यापार घाटा कम गर्ने उद्देश्यका साथ जिल्लाको रोहिणी गाउँपालिका–१ बगहामा अवस्थित सेजले सफलता प्राप्त गर्न नसकेपछि सरकारको उद्देश्य पूरा हुनसकेको छैन । छ उद्योग सञ्चालनमा रहेको सेजमा केही उद्योगले चार वर्षदेखि निर्यात गरिरहेका छन् तर उत्पादनको ६० प्रतिशत निर्यात गर्ने दुई उद्योग मात्रै रहेको विशेष आर्थिक क्षेत्र(सेज) भैरहवाले जनाएको छ ।

सेज परिसरमा हाल ब्रिलिएन्ट एलइडी, शक्ति मिनरल, विस्तार कम्पनी, पञ्चकन्या उद्योग, जयबुद्ध र एस पोलिमरले उत्पादन गरिरहेका छन् र तिरुपति मेटल पनि सञ्चालनको तयारीमा रहेको छ । विसं २०७६ देखि निर्यात गर्न लागेको तीन उद्योगमध्ये आर्थिक वर्ष २०७६–७७ मा ब्रिलिएन्टले ५८ प्रतिशत, शक्ति मिनरलले २४ प्रतिशत र विस्तारले शतप्रतिशत निर्यात गरेका थिए । 

त्यस्तै, आर्थिक वर्ष २७७/७८ मा ब्रिलिएन्टले २४, शक्तिले २.५ प्रतिशत, विस्तारले ९९ र पञ्चकन्याले २ प्रतिशत मात्र निर्यात गरेको विशेष आर्थिक क्षेत्र (सेज) ले जनाएको छ । विशेष आर्थिक क्षेत्र (सेज) का कार्यकारी निर्देशक चण्डीका भट्टले विशेष आर्थिक क्षेत्र (सेज) का उद्योगबाट राज्यले उत्पादनको खर्च कटौती गर्नुपर्ने उल्लेख गर्दै निर्यातको ‘थ्रेस होल्ड’ प्रभावकारी नभएको बताउनुभयो । 

“राज्यको नीति कमजोर भएका कारण हामीले अपेक्षित सफलता हासिल गर्न सकेका छैनौं”, उहाँले भन्नुभयो । निर्देशक भट्टले नेपालबाट भएको उत्पादन बाहिरको बजारमा प्रतिस्पर्धा गर्न असहज भएकोले ऐनलाई संशोधन गरेर उद्योगमैत्री बनाउन आग्रह गर्नुभयो ।

चालू आर्थिक वर्ष २०७८/७९ को पुस महिनासम्म ब्रिलिएन्टले ४८, शक्तिले १२, विस्तारले ८७ र पञ्चकन्याले १ प्रतिशत मात्र निर्यात गरेको छ । हाल जयबुद्ध र एस पोलिमरले पनि उत्पादन गरिरहेको छ । पहिलो वर्ष अनिवार्य निर्यात गर्नुपर्ने प्रावधान नभए पनि उद्योगले आफ्नो उत्पादन नेपालभित्रै पनि बेच्न पाउने भट्टले जानकारी दिनुभयो ।

देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामान उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न विशेष आर्थिक क्षेत्र ल्याइएको हो । सुरुआती चरणमा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान रहेकोमा हाल घटाएर ६० प्रतिशत गराइएको छ । 

विशेष आर्थिक क्षेत्रमा विशेष गरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक,गलैँचा तथा ऊनी समान, पश्मिना तथा रेशम, हातेकागजका वस्तु गरी १७ किसिमका उद्योग सेजमा रहने व्यवस्था छ ।

विशेष आर्थिक क्षेत्र भैरहवाकी नीरा भट्टराईले भन्सार कार्यालय नजिकै रहेको बेलहियाबाट ढिलाइ नहुने गरी सेजको निर्यातलाई द्रुतगतिमा गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । भैरहवामा सरकारले सन् २००१ मा निर्यात प्रवद्र्घन केन्द्र स्थापना गर्न जग्गा अधिग्रहण सुरु गरेको थियो । सन् २००५ मा सेज अध्यादेश ल्याई सन् २००८ मा भैरहवामा सेज निर्माण सुरु भएको थियो ।

सन् २००८ मा सेज विधेयक संसदमा पेस गरे पनि सन् २०१६ मा मात्रै ऐन पारित भएको थियो । सन् २०१० मा सरकारले औद्योगिक नीतिमार्फत सेजमा उद्योगलाई आयकर, भ्याट, भन्सारलगायत छुट र सुविधा दिने घोषणा गरे पनि उद्योगी सेजमा जान मानिरहेका छैनन् । 

विशेष आर्थिक क्षेत्रमा विशेष गरी वातावरणलाई असर नगर्ने खालका उद्योग सञ्चालन छन । विशेष गरी खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल प्रोडक्ट छालाका वस्तु, तयारी पोशाक, गलैँचा तथा ऊनी समान, पश्मिना तथा रेशम, हातेकागजका बस्तु गरी १७ किसिमका उद्योग सेजमा रहने छ । ५२ बिघामा फैलिएको सेजमा ६८ वटा प्लट रहेको छ । (रासस, युवराज पाण्डे)