१ पुष २०८२, मंगलवार
,
Latest
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यकुमार यादवले आईपीएल खेल्नेमा शंका



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिका भ्रमणका क्रममा चोट लागेपछि घुँडाको चोटबाट निको भइरहेका सूर्यकुमार यादवको बारेमा अर्को ठूलो खबर बाहिर आएको छ ।

आगामी आईपीएल सिजनअघि उनको अर्को शल्यक्रिया गर्नुपर्नेछ । यो खबरले उनको आईपीएल खेल्नेमा शंका उत्पन्न भएको छ । एक रिपोर्टले उनलाई स्पोर्ट्स हर्निया भएको खुलासा गरेको छ । यसका लागि उनको शल्यक्रिया गर्नुपर्नेछ र यसबाट निको हुन उनलाई ८–९ हप्ता लाग्न सक्छ ।

बीसीसीआई स्रोतले सूर्यकुमार यादव हर्नियाको शल्यक्रियाका लागि जर्मनी जाने जानकारी दिएको छ । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार बीसीसीआईका एक अधिकारीले भने, ‘सुर्यालाई हालै स्पोर्ट्स हर्निया भएको पत्ता लागेको थियो । उनी हाल बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)मा छन् । दुई–तीन दिनमा उनी शल्यक्रियाका लागि जर्मनीको म्युनिख जानेछन् । यसको मतलब उनी यस सिजन रणजी ट्रफीमा मुम्बईका लागि पक्कै पनि खेल्ने छैनन् र आईपीएलमा मुम्बई इन्डियन्सका लागि उद्घाटन खेलहरू पनि खेल्न सक्ने छैनन् ।’

बीसीसीआई अधिकारीले थप भने, ‘जुनमा हुने टी–२० विश्वकपलाई ध्यानमा राख्दै सूर्यालाई पूर्णरुपमा निको हुनको लागि पूर्ण समय दिइनेछ । उनले टी–२० विश्वकपमा भारतको जितको सम्भावनालाई अझ बढाउनेछन् ।’

आईसीसीले यस प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । अमेरिका र वेस्ट इन्डिजले जुन १ देखि २९ सम्म आइसीसी प्रतियोगिता आयोजना गर्नेछन् । जुन ९ मा भारतले यस प्रतियोगितामा पाकिस्तानको सामना गर्नेछ ।

स्पोर्ट्स हर्निया भनेको कम्मरको क्षेत्र वा पेटको तलको मांसपेशी र लिगामेन्टहरू च्यातिनु वा तन्किनु हो । खेलकुद खेल्नेलाई मात्रै स्पोर्ट्स हर्निया हुन्छ भन्ने जरुरी छैन, तर खेल खेल्ने मानिसहरूमा यो बढी देखिन्छ । स्पोर्ट्स हर्निया प्रायः फुटबल, कुस्ती र आइस हक्की जस्ता खेल खेल्नेहरूमा हुन्छ ।