२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

सूर्यकुमार यादवले आईपीएल खेल्नेमा शंका

सूर्यकुमार यादवले आईपीएल खेल्नेमा शंका
अ अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिका भ्रमणका क्रममा चोट लागेपछि घुँडाको चोटबाट निको भइरहेका सूर्यकुमार यादवको बारेमा अर्को ठूलो खबर बाहिर आएको छ ।

आगामी आईपीएल सिजनअघि उनको अर्को शल्यक्रिया गर्नुपर्नेछ । यो खबरले उनको आईपीएल खेल्नेमा शंका उत्पन्न भएको छ । एक रिपोर्टले उनलाई स्पोर्ट्स हर्निया भएको खुलासा गरेको छ । यसका लागि उनको शल्यक्रिया गर्नुपर्नेछ र यसबाट निको हुन उनलाई ८–९ हप्ता लाग्न सक्छ ।

बीसीसीआई स्रोतले सूर्यकुमार यादव हर्नियाको शल्यक्रियाका लागि जर्मनी जाने जानकारी दिएको छ । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार बीसीसीआईका एक अधिकारीले भने, ‘सुर्यालाई हालै स्पोर्ट्स हर्निया भएको पत्ता लागेको थियो । उनी हाल बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)मा छन् । दुई–तीन दिनमा उनी शल्यक्रियाका लागि जर्मनीको म्युनिख जानेछन् । यसको मतलब उनी यस सिजन रणजी ट्रफीमा मुम्बईका लागि पक्कै पनि खेल्ने छैनन् र आईपीएलमा मुम्बई इन्डियन्सका लागि उद्घाटन खेलहरू पनि खेल्न सक्ने छैनन् ।’

बीसीसीआई अधिकारीले थप भने, ‘जुनमा हुने टी–२० विश्वकपलाई ध्यानमा राख्दै सूर्यालाई पूर्णरुपमा निको हुनको लागि पूर्ण समय दिइनेछ । उनले टी–२० विश्वकपमा भारतको जितको सम्भावनालाई अझ बढाउनेछन् ।’

आईसीसीले यस प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । अमेरिका र वेस्ट इन्डिजले जुन १ देखि २९ सम्म आइसीसी प्रतियोगिता आयोजना गर्नेछन् । जुन ९ मा भारतले यस प्रतियोगितामा पाकिस्तानको सामना गर्नेछ ।

स्पोर्ट्स हर्निया भनेको कम्मरको क्षेत्र वा पेटको तलको मांसपेशी र लिगामेन्टहरू च्यातिनु वा तन्किनु हो । खेलकुद खेल्नेलाई मात्रै स्पोर्ट्स हर्निया हुन्छ भन्ने जरुरी छैन, तर खेल खेल्ने मानिसहरूमा यो बढी देखिन्छ । स्पोर्ट्स हर्निया प्रायः फुटबल, कुस्ती र आइस हक्की जस्ता खेल खेल्नेहरूमा हुन्छ ।