१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति र अहिंसाका लागि प्रार्थना गर्दै बौद्ध धर्मावलम्बी लामा गुफाभित्र



अ+ अ-

काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा एक सय ५० बौद्ध धर्मालम्बी लामाले २५ दिनदेखि गुफा (कुन्छाम्)मा शान्ति रअहिंसाका लागि प्रार्थना गरिरहेका छन् ।

खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा गत मङ्सिर २९ गतेदेखि लामा गुरुसहित लामाहरु डेढमहिनाका लागि गुफा बसेका हुन् ।

उक्त संस्थाका अध्यक्ष वीरबहादुर वाईबाका अनुसार गुफामा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायत जिल्लाबाट एक सय पचास लामा सहभागी भएका छन् ।

“तामाङ समुदायमा पछिल्लो समय ‘लामा’गुरुको सङ्ख्या घट्दै गएकाले कुन्छाम्मार्फत् लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो,“ आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने छ ।” कुन्छाम्का लागि केही नगद तथा खाद्यान्न सहयोग प्राप्त भएको छ ।” पैँतालिस दिनसम्म सञ्चालन हुने कुन्छाम्का लागि रु १२ लाख खर्च हुने आयोजकको अनुमान छ ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । रासस