२९ फाल्गुन २०८१, बिहीबार
,
Latest
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई इरानद्वारा पत्राचार युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च : डब्लुएचओ रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ आमाबाट छुट्टिएको छावाको उद्धार ट्रम्पको चेतावनी : युरोपबाट आयात हुने मदिरामा २०० प्रतिशत कर लगाइने स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते नेपालले महिला तथा बालिकाको सशक्तीकरण र समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशमा आवामी लीगलाई तीन चौथाई सीट प्राप्त, हसिना पाँचौँ पटक प्रधानमन्त्री बन्ने पक्का



अ+ अ-

ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको दलले संसद्मा तीन चौथाइ सिट जितेको निर्वाचन अधिकारीहरूले सोमबार बताएका छन् ।

निर्वाचन आयोगका सहसचिव मोनिरुज्जमान तालुकदरले भन्नुभयो, “अवामी लीगले आइतबार सम्पन्न निर्बाचन जितेको छ । प्रधानमन्त्री हसिनाको दल आवामी लीगले २२३ सीट जितेको छ । निर्वाचनमा ६१ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।”

बिजयी भएका सांसद्मध्ये अधिकांश अवामी लीगसँग आबद्ध व्यक्ति भएको केही स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो विजयपछि हसिना पाँचौ पटकका लागि पुन: देशको कार्यकारी बन्न पाउने निश्चित भएको छ ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई वेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशङ्का गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) सहितका केही दलले आइतबारको मतदान बहिस्कार गरेका थिए ।

मुख्य विपक्षी दल बीएनपीसहितका हसिनाको नेतृत्वप्रति असन्तुष्ट केही दलले निर्वाचन बहिष्कार गरेको र निर्वाचनमा रहेका अन्य विपक्षी दलको प्रभाब निकै कम रहेकोले हसिनाको पार्टी र साझेदारहरूले थप सीट पनि जित्ने अनुमान गरिएको छ ।

बीएनपीले निर्वाचनलाई ‘स्वाङ’ को सङ्ज्ञा दिएको छ । बीएनपीका नेता र समर्थकहरूको व्यापक गिरफ्तारीपछि आइतवार सम्पन्न निर्वाचनको परिणाम आएको छ ।

बङ्गलादेशको निर्वाचन आयोगले निर्बाचनमा झन्डै ४० प्रतिशत मत खसेको बताएको छ । यद्यपि आलोचकहरूले उक्त सङ्ख्या पनि बढाइचढाइ प्रस्तुत गरिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा ८० प्रतिशतभन्दा बढी मतदान भएको थियो ।

निर्वाचनको सम्पूर्ण परिणाम आइनसकेकोले निर्बाचन परिणामको औपचारिक घोषणा हुन बाँकी नै छ ।

शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछि सन् २००९, २०१४ र २०१८ मा भएका निर्बाचनमा उहाँ प्रधानमन्त्रीका रूपमा क्रमश: दोस्रो, तेस्रो र चौँथो पटक निर्वाचित हुनुभएको थियो ।