११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बङ्गलादेशमा आवामी लीगलाई तीन चौथाई सीट प्राप्त, हसिना पाँचौँ पटक प्रधानमन्त्री बन्ने पक्का

बङ्गलादेशमा आवामी लीगलाई तीन चौथाई सीट प्राप्त, हसिना पाँचौँ पटक प्रधानमन्त्री बन्ने पक्का
अ अ+ अ-

ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको दलले संसद्मा तीन चौथाइ सिट जितेको निर्वाचन अधिकारीहरूले सोमबार बताएका छन् ।

निर्वाचन आयोगका सहसचिव मोनिरुज्जमान तालुकदरले भन्नुभयो, “अवामी लीगले आइतबार सम्पन्न निर्बाचन जितेको छ । प्रधानमन्त्री हसिनाको दल आवामी लीगले २२३ सीट जितेको छ । निर्वाचनमा ६१ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।”

बिजयी भएका सांसद्मध्ये अधिकांश अवामी लीगसँग आबद्ध व्यक्ति भएको केही स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो विजयपछि हसिना पाँचौ पटकका लागि पुन: देशको कार्यकारी बन्न पाउने निश्चित भएको छ ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई वेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशङ्का गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) सहितका केही दलले आइतबारको मतदान बहिस्कार गरेका थिए ।

मुख्य विपक्षी दल बीएनपीसहितका हसिनाको नेतृत्वप्रति असन्तुष्ट केही दलले निर्वाचन बहिष्कार गरेको र निर्वाचनमा रहेका अन्य विपक्षी दलको प्रभाब निकै कम रहेकोले हसिनाको पार्टी र साझेदारहरूले थप सीट पनि जित्ने अनुमान गरिएको छ ।

बीएनपीले निर्वाचनलाई ‘स्वाङ’ को सङ्ज्ञा दिएको छ । बीएनपीका नेता र समर्थकहरूको व्यापक गिरफ्तारीपछि आइतवार सम्पन्न निर्वाचनको परिणाम आएको छ ।

बङ्गलादेशको निर्वाचन आयोगले निर्बाचनमा झन्डै ४० प्रतिशत मत खसेको बताएको छ । यद्यपि आलोचकहरूले उक्त सङ्ख्या पनि बढाइचढाइ प्रस्तुत गरिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा ८० प्रतिशतभन्दा बढी मतदान भएको थियो ।

निर्वाचनको सम्पूर्ण परिणाम आइनसकेकोले निर्बाचन परिणामको औपचारिक घोषणा हुन बाँकी नै छ ।

शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछि सन् २००९, २०१४ र २०१८ मा भएका निर्बाचनमा उहाँ प्रधानमन्त्रीका रूपमा क्रमश: दोस्रो, तेस्रो र चौँथो पटक निर्वाचित हुनुभएको थियो ।