२२ मंसिर २०८२, सोमबार
,
Latest
एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि… मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा बोराभित्र भेटिएका दुवै शवको पहिचान



अ+ अ-

चितवन । गत मंसिर ६ गते भरतपुर महानगरपालिका-१२ स्थित मिलनचोकमा बोराभित्र भेटिएका दुई वटा शवको पहिचान भएको छ ।

हत्या गरेर बोरामा शव पोको पारेर कल्भर्ट मुनि फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनको भरतपुरमा व्यापार गरेर बस्ने उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरेर फालिएको प्रहरीले जनाएको छ । उनीहरुको हत्या आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । शवको ३ हप्ता अघि नै पहिचान भएपनि हत्यारा पक्राउ नपरेकाले प्रहरीले सार्वजनिक भने गरेको थिएन ।

चितवन प्रहरीले यसबारे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने जनाएको छ ।