२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर
सांकेतिक तस्बिर
अ अ+ अ-

ओखलढुङ्गा । मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताउनुभयो । 

सुरक्षाकर्मीलाई समेत आगो निभाउन कठिन भएको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका छन् । हावाका कारण निभेका क्षेत्रमा आगो पुनः सल्किएको छ । खटाइएका सुरक्षाकर्मीलाई खानेपानी तथा खाजा खानाको समेत समस्या परेको छ । पानी नभएको र आगो निभाउन स्याउलाले प्रयास भइरहेको छ । खटाइएका सुरक्षाकर्मी फर्किएका छैनन् ।

निरन्तरको प्रयासबाट पनि आगो निभाउन नसकिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । कसरी आगो लाग्यो भन्ने यकिन नभएकाले अनुसन्धान गरिने उहाँको भनाइ छ । आगोलाई बस्तीमा जान नदिन सुरक्षाकर्मी बस्ती जोगाउनतिर लागेका छन् । वन क्षेत्रमा भने अझै आगो बलिरहेको छ । स्थानीय बासिन्दाको समेत सहयोगमा आगो निभाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । कति वन क्षेत्रमा क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन ।