२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलसँगको हारसँगै आर्सनल एफए कपको तेस्रो चरणबाटै बाहिरियो



अ+ अ-

एजेन्सी । आर्सनल एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा लिभरपुलसँग घरेलु मैदान इमिरेट्स स्टेडियममा २–० गोलले पराजित भएपछि आर्सनलको एफए कपको यात्रा समाप्त भएको हो ।

लिभरपुललाई जित दिलाउन लुइस डियाजले एक गोल गरे भने एक गोल उसले उपहारस्वरुप पायो । आर्सनलका जाकुव किविअरले ८० औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा डियाजले गोल थपेका हुन् । जितसँगै लिभरपुल चौंथो चरणमा प्रवेश गरेको छ ।