३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनहरीमा नेकपा एस, माओवादी र काँग्रेसबाट २२ जना एमाले प्रवेश



अ+ अ-

काठमाडौँ । मकवानपुरको मनहरी स्थित सुनाचुरिमा नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) एवम् नेपाली काँग्रेस परित्याग गरि २२ जना नेकपा (एमाले)प्रवेश गरेका छन् ।

आज आइतबार भएको एमाले ६ नम्बर वडा कमिटीको विस्तारित बैठकमा नवप्रवेशीलाई एमाले पोलिटव्युरो सदस्य देवी ज्ञवाली र एमाले सचेतक महेश वर्तौलाले टीका र खादा लगाएर स्वागत गर्नुभयो ।

नेकपा (एमाले)मनहरी गाउँपालिका कमिटीका अध्यक्ष नवीन सुवेदीले विस्तारित बैठकमा एकीकृत समाजवादी मनहरीका सचिवालय सदस्य गोरखनाथ श्रेष्ठको नेतृत्वमा ६ नम्बर वडा कमिटीको अध्यक्ष एवम् सचीवसहित सिंगो वडा कमिटी एमालेमा फर्किनु भएको जानकारी गराउनुभयो ।

अध्यक्ष सुवेदिले उक्त कार्यक्रममै नेपाली काँग्रेसको नेता फुलमाया जिम्बा, एकीकृत माओवादीको नेता कार्यकर्ताहरु गरि २२ जना साथीहरु एमालेमा प्रवेश गर्नु भएको जानकारी गराउनुभएको हो । सुवेदीले नवप्रवेशीहरुलाई बधाई व्यक्त गर्दै अबको वर्ग संघर्षको लडाईसँगै लड्ने र समाजवादको यात्रामासँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एमाले प्रवेश गर्दै समाजवादीका नेता गोरखनाथ श्रेष्ठले आफूहरु घर झगडामा घर छाडेर गएको र यसले विकास विरोधी दक्षिणपंथी प्रतिकृयावादीहरुलाई फाइदा पुगेकोले आफूहरु एमालेमा फर्किएको बताउनुभयो ।

आजको विस्तारित बैठकमा एमाले मकवानपुरका नेताहरु बिरेन डिसि, लक्ष्मण उप्रेती लगायतको उपस्थिती रहेको थियो ।