३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड माघ १२ मा



अ+ अ-

काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ ले बजाज पल्सरको साथ निरन्तरता पाएको छ ।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २० औं संस्करण आगामी माघ १२ गते हुँदैछ । सोही संस्करणले पनि हंशराज हुलासचन्द एण्ड कम्पनीको बजाज पल्सरको साथ पाउने भएको हो । २०६० सालदेखि हुँदै आएको नेपाली खेलकुदको लोकप्रिय अवार्डले लगातार १५ औं वर्षसम्म मुख्य प्रायोजकको रूपमा पल्सरलाई पाएको छ । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै पल्सरको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीसँग सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी(देवेन्द्र) र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सोअवसरमा कम्पनीमा निर्देशक अभिमन्युले पल्सरको उद्देश्य नेपाली खेलकुदसँगै युवाहरूसँग जोडिनु रहेको उल्लेख गर्दै यो अवार्डले नयाँ बेन्च मार्क पनि स्थापित गरेको धारणा राख्नुभयो ।

मञ्चका अध्यक्ष सुवेदीले आर्थिक रूपमा कठिन परिस्थितिमा कम्पनीले लगातार अवार्डलाई साथ दिनु सह्रानीय रहेको भन्दै प्रशंसा गर्नुभयो । सम्झौताअनुसार कम्पनीले यस पटक पाँच वटा बजाज पल्सरको एन सिरिज प्रदान गर्नेछ भने १२ लाखको नगद पनि दिने उल्लेख गरेको छ । पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम हो ।

देशमा देखिएको आर्थिक मन्दी र व्यावसायिक क्षेत्रमा आएको गिरावटका कारण अवार्ड वर्षको शुरुवातमा गर्न सफल नभएको आयोजक एनएसजेएफले जनाएको छ । यस पटक भने मनोनयनमा पर्ने खेलाडी र अवार्ड कार्यक्रमको ढाँचामा परिवर्तन गरिने एनएसएफले जनाएको छ । यसअघि प्रज्ञा प्रतिष्ठानमा अवार्ड भएपनि केही नयाँ गर्ने उद्देश्यले भेन्यु तय नभएको मञ्चका अध्यक्ष सुवेदीले बताएका छन् । यस वर्ष पनि अवार्डमा ९ विधा नै समावेश छ ।

जसअन्तर्गत वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड छन् । यी पाँच जना अवार्ड विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । यीमध्ये वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । यस अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एशियन स्पोट्र्स जर्नालिस्ट अवार्ड विधा रहनेछ ।

यस विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् । मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ । गत वर्ष पुरुषतर्पm फुटबलका अञ्जन बिष्ट, महिलातर्फ भलिबलकी अरुणा शाही र प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, युवामा मनीष डाँगी उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी थिइन् ।

स्पेसल अवार्ड दानबहादुर तामाङ र उनकी पत्नी मायादेवी मोक्तानले पाएका थिए । यसै संस्करणबा पहिलोपटक खेलाडीको बावुआमा सम्मानित भएका हुन् । दानबहादुर र मायादेवि ब्याडमिन्टनका रत्नजित, सरादेवी र नङ्सदेवीका मातापिता हुन् । पारा एथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेण्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको थियो ।