१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ औं पञ्चवर्षीय योजनामा सांसदहरुले दिएका सुझाव समेट्न अर्थ समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । सांसदहरुले दिएका सुझाव आगामी १६ औं पञ्चवर्षीय योजनामा समेट्न अर्थ समितिले राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकपश्चात समिति सभापति सन्तोष चालिसेले योजना आयोगलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजना स्रोत सुनिश्चिताका आधारमा बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले स्रोत सुनिश्चिता भएमात्रै योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउने भनि रहँदा ५ अर्बको चामल खरिद भइरहेको बताउनु भयो । उहाँले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउनको लागि उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै यस्तो विषयलाई १६ औं योजनामा समावेश गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राष्ट्रिय योजना आयोगले सांसदहरुले दिएका सुझावलाई आगामी १६ औं पञ्चवर्षीय योजनामा समेट्नको लागि निर्देशन गदर्छु । आयोजले योजना बनाउँदा पैसाको कुरा आउँछ । पैसा भएमात्रै योजना बनाउने हो पैसा नभए के योजना बनाउने हो । आज ५ अर्बको चामल किनेर खाइरहँदा मुलुक खाद्यन्नमा आत्मनिर्भर नभएसम्म मुलुकमा भइरहेका उत्पादनलाई प्रोत्साहन दिएर निर्यात नबढाएसम्म आर्थिक विकास हुने भएकाले यस्तो विषयलाई १६ औं योजनामा समावेश गर्न आवश्यक छ । असाध्यै राम्रा कुराहरुमा सांसदहरुबाट सझावहरु आएका छन् । ती सुझावलाई समावेश गरेर आगामी योजना तर्जुमा होस् । यसमा हामी सबै जिम्मेवार छौं ।’

उहाँले समितिमा सांसदहरुले दिएका सुझावलाई समावेश गरेर आगामी १६ औं योजना तर्जुमा गर्न निर्देशन दिनुभयो ।