८ पुष २०८२, मंगलवार
,
Latest
सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारत यातायात सञ्चालन गर्न सिफारिस



अ+ अ-

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)ले नेपाल र भारतका बिचमा यातायात सञ्चालन गर्न मन्त्री परिषद्लाई सिफारिस गरेको छ ।
.
बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी) को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्री परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल भारत यातायताका १३ वटा रुट बाट पूर्ववत् रुपमा यातायता सञ्चालनको निम्ति मन्त्रीपरिषद्लाई सिफारिस गरिएको सिसीएमसीका सचिव खगराज बरालले बताउनुभयो । यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उहाँको भनाई छ ।

त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतिय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ । गत चैत्र ११ गतेदेखि नेपालका कोभिड १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ । यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवत् जावत् भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सिसीएमसीका सचिव खगराज बरालले बताउनुभयो ।