१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा र हिमपात नहुँदा जुम्लाका किसानले हिउँदेबाली लगाउन सकेन



file photo
अ+ अ-

जुम्ला । हिमाली जिल्ला जुम्लामा वर्षा र हिमपात नहुँदा हिउँदेबाली लगाउन अझै पाइएको छैन । हिउँदयाममा पानी नपरेकाले हिउँदे बालीअन्तर्गत गहुँ र जौकोखेती लगाउन नपाइएकोे तिला गाउँपालिका–१ किसान जयबहादुर बुढाले जानकारी दिनुभयो ।

आकाशे पानीकाभरमा रहेका रारावासी समयमा वर्षा नहुँदा हिउँदेखेती गर्न नपाइएला भन्ने चिन्ताले सताएको सोही ठाउँ निवासी सपुरा रावतको गुनासो थियो । सिँचाइ सुविधा नहुँदा राराका करिब दुई सय ८० घरले हिउँदेबाली लगाउन नपाएको वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिनुभयो । गाउँमा रोजगारीको सम्भावना नहुँदा घरखर्च चलाउनका लागि भारत जानेको रारा गाउँका सङ्ख्या धैरे रहेको उहाँको भनाइ  ।

हिउँदयाम लागे पनि वर्षा र हिमपात हुन सकेको छैन । जिल्लाका कतिपय ठाउँमा पानी नपर्दा किसानले हिउँदेबाली लगाउन नसकेको कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताउनुभयो ।

हिउँदमा यहाँका उच्च ठाउँमा लगाइएका खेतीमा वर्षा नहुँदा बाली सुक्न थालेको सम्बद्ध किसानले बताए । जुम्लामा सबैभन्दा चिसो माइनस छ दशमलव छ डिग्री सेल्सियस तापक्रम रहेको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।

गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदेबालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान सुनिता पाण्डेले जानकारी दिनुभयो ।

हिउँदेबाली लगाउने समयदेखि खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको छ । लामो समयसम्म परेको खडेरीले जिल्लामै गहुँ, जौलगायत बालीको उत्पादनमा निकै कमी हुने सिञ्जा गाउँपालिमा रहेको कृषि शाखाले जनाएको छ । रासस