![](https://newspolar.com/wp-content/uploads/2023/11/FINAL.00_09_39_16.Still007.jpg)
काठमाडौँ । राष्ट्रियसभाको चुनावमा नेकपा (एकीकृत समाजवादी)ले अन्ततः २ सीटमै चित्त बुझाउने भएको छ । आज आइतबार बसेको सचिवालय बैठकले असन्तुष्टिका बाबजुद गठबन्धनले गरेको भागबन्डाअनुसार चुनाव लड्ने निर्णय गरेको हो ।
आज बेलुकासम्म नाम टुंग्याउने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । नाम टुंग्याउनका लागि अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मा दिइएको छ ।