११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

एमाले सांसद पन्तको प्रश्ताव: संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश र प्रतिनिधि सभाका उपसभामुखलाई विदा गरौं

एमाले सांसद पन्तको प्रश्ताव: संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश र प्रतिनिधि सभाका उपसभामुखलाई विदा गरौं
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रश्ताव गर्नुभएको छ ।

संवैधानिक परिषद्को मुद्दालाई निष्पक्ष ढंगले सम्पादन गर्नलाई पनि प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्लाई विदा गर्न आवश्यक रहेको उहाँको तर्क थियो । आईतवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका माग लिदै पूर्वमन्त्री समेत रहनुभएका सांसद पन्तले प्रधानन्यायाधीश पटकपटक विवादास्पद बन्न पुगेकाले पनि संवैधानिक परिषद्लाई उनलाई सामेल गर्नेकुरा उपयुक्त नहुने जिकिर गर्नुभयो । उहाँले प्रतिनिधि सभाका उपसभामुखलाई पनि सो परिषद्बाट हटाउन उपयुक्त हुने सुझाव दिनुभयो । विगतमा दलीय प्रतिनिधित्वका लागि सो परिषद्मा उपसभामुख राखेको भएपनि संसदीय अभ्यासले अव त्यसको आवश्यक्ता नदेखिएको सांसद पन्तको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘पटकपटक प्रधानन्यायाधीस विवादास्पद हुन पुगे । त्यसकारणले अब यसमा संशोधनको आवश्यक्ता भयो । किनभने मुद्दा छिन्नुपर्ने मान्छे ऊ परिषद्मा सामेल भएपछि अब मुद्दा छिन्ने काम अब निष्पक्ष हुन्छ कि हुँदैन ? भन्ने प्रश्न पनि हो । यसमा न्यायपालिकाको अगाडि नैतिक संकट पनि आयो । के गर्ने ? आफ्नै प्रमुख समेत सामेल भएर निर्णय गरिएको कुरालाई उल्टयाउने कि कायम राख्ने ? अथवा विधि पुगेको छैन भने उल्याउनु पनि पर्‍यो । त्यसकारण यस्ता जटिलताहरु आएको हुँदाखेरी अवको आवश्यकता के हो त भन्दाखेरी वास्तवमा अहिलेसम्मको संवैधानिक प्राक्टिसलाई ध्यानमा राख्दाखेरी यो संविधान संशोधन गर्नुपर्ने आवश्यक्ता भयो । संविधान संशोधन गरेर वास्तवमा प्रधानन्यायाधीशलाई यहाँबाट विदा गर्नुपर्ने अवस्था आयो ।’

‘किनभन्दा त्यसपछि मात्रै न्यायपालिकाले अलिकति गम्भिर भएर कडा भएर निष्पक्ष भएर न्याय सम्पादन गर्ने आधार पनि तय हुन्छ । अर्को कुरा यो राम्रो उद्देश्यले यो संरचना बनाइएको थियो । तर यहाँ उपसभामुखको आवश्यक्ता नै छैन । उपसभामुख आवश्यक छैन । अहिले किन राखियो ? अहिले महिला उपसभामुख भएर यसो भनिएको होइन है । त्यतिखेर किन राखियो भन्दा त्यस बेलाको संवैधानिक परिषद्मा दलीय प्रतिनिधित्वको कुरालाई ध्यानमा राख्दाखेरी उपसभामुख राखियो । अव आवश्यक छैन । नयाँ ढंगले सोच्नुपर्ने आवश्यक्ता आयो । सामान्यतया: यस्ता परिषदहरु बिजोर संख्यामा हुन्छन । ताकि त्यहाँ अल्पमत, बहुमत गर्न पनि सजिलो होस भनेर । तर अव यसलाई जोर संख्यामा ६ राखिएको छ । जसले गर्दा कहिलेकाँही मत बराबर हुनसक्छ । त्यसैले यो कुरालाई ध्यानमा राख्दाखेरी पनि यहाँ उपसभामुखलाई हटाउनुपर्ने प्राक्टिसले देखाएको छ । मैले उपसभामुख महिला हुनुहुन्छ भनेर हटाउनुपर्छ भनेको होइन ।’

सांसद पन्तले आफूले महिला उपसभामुख भएकाले सो पदलाई संवैधानिक परिषद्मा राख्न नहुने भन्ने मान्यता भने नलिएको दोहोर्‍याउनु भयो । विधेयकमा संवैधानिक परिषदमा ६ जना सदस्य रहने प्रावधान राखिएको छ ।