६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त



अ+ अ-

मोरङ । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रूपेश कोइराला नियुक्त भएका छन् ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवक्ता कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइरालालाई आजै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।