३ आश्विन २०८१, बिहीबार
,
Latest
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एबि डिभिलियर्सको चिन्ताः टी–२० क्रिकेटले टेस्ट क्रिकेटलाई खतरामा पार्दैछ



अ+ अ-

एजेन्सी । एबी डिभिलियर्स भारत र दक्षिण अफ्रिकाबीच मात्र दुई टेस्टको शृंखला भएकोमा दुखी छन् । उनी अफ्रिकाको न्युजिल्यान्ड भ्रमणमा दुई टेस्ट मात्र खेल्नुलाई पनि उचित ठान्दैनन् ।

पूर्व अफ्रिकी ब्याट्सम्यान टी–२० का कारण टेष्ट क्रिकेटमा दबाब रहेको बताउँछन् । ‘टी–२० का कारण टेष्ट क्रिकेट खतरामा परेको छ । यस्तो अवस्थामा टेष्ट क्रिकेटलाई बचाउनको लागि परिवर्तन आवश्यक छ ।’ उनी भन्छन् ।

डिभिलियर्सले आफ्नो युट्युब च्यानलमा भारत र अफ्रिकाबीचको तेस्रो टेस्ट नहुनेमा आफू खुसी नभएको बताए । ‘यसका लागि विश्वभर चलिरहेको टी–२० क्रिकेटलाई दोष दिनैपर्छ । तर, मलाई थाहा छैन यो अवस्थाको जिम्मेवार को हो । तर म पक्कै बुझ्छु कि केहि गलत छ ।’ उनले भने ।

उनले अगाडि भने – ‘अहिले टेस्ट क्रिकेटमा मात्र नभई एकदिवसीय क्रिकेटमा पनि दबाब छ । सम्पूर्ण प्रणाली टी–२० क्रिकेट वरिपरि घुम्छ । खेलाडी, बोर्ड र प्रशिक्षक सबै पैसा भएको ठाउँमा सर्नेछन् । यदि तपाइँ टेस्ट क्रिकेटमा प्रतिस्पर्धा हेर्न चाहनुहुन्छ भने, दुई टेस्ट सिरिजको नियम परिवर्तन गर्नुपर्नेछ । दुई टोलीबीचको शृङ्खलामा २ भन्दा बढी टेस्ट हुनुपर्छ ।’

डिभिलियर्सले केप टाउनमा भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो खेलको पिच राम्रो भएको बताए ।

दक्षिण अफ्रिकाले फेब्रुअरीको पहिलो साता न्युजिल्याण्ड भ्रमण गर्ने छ । पहिलो टेस्ट फेब्रुअरी ४ बाट सुरु हुनेछ भने दोस्रो टेस्ट फेब्रुअरी १३ बाट सुरु हुनेछ । यस भ्रमणका लागि दक्षिण अफ्रिकाले आफ्नो बी टोली पठाएको छ । यो भ्रमणमा कप्तानसहित सात खेलाडी अनक्याप छन् ।

नील ब्रान्डलाई भ्रमणको लागि कप्तान बनाइएको छ । टोलीका मुख्य खेलाडीले दक्षिण अफ्रिका टी–२० लिग खेल्ने भएकाले अनक्याप्ड खेलाडी छनोट गरिएको हो ।