११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष सजायँ



अ+ अ-

डोटी । छोरी बलात्कार गरेका आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको कारावास सजायँ सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठहर्याई सजायँ सुनाउनुभएको हो ।

गत असोजमा आफ्नै छोरी बलात्कार गरेको भनी विककी श्रीमतीले दिएको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएका समयमा उनले पटकपटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निज विकलाई कारावास सजायँ सुनाएको बताइएको छ ।