• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

डिजिटल वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले सुरु गर्यो ‘कोइली सेवा’



काठमाडौं । डिजिटल वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले दोश्रो बार्षिक साधारण सभा तथा दोश्रो वार्षिकोत्सव समारोहमा सम्पन्न गरेको छ । सनिबार सम्पन्न दोश्रो बार्षिक साधारण सभा तथा दोश्रो वार्षिकोत्सव समारोहले काठमाडौमा पहिलो पल्ट डिजिटल बहुउद्देश्यीय सहकारी संस्था स्वयम्भू बाट ुकोइली” सेवाको शुभारम्भ गरेको छ ।

समृद्धिका लागि समुदाय,समुदाय संगसंगै डिजिटल भन्ने मान्यताका आधारमा कामपा १५ वडा स्वयम्भुमा स्थापित डिजिटल वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले सहकारी डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको ब्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस देवन सफ्ट प्रा लि (आई स्मार्ट र बित्स्क्राफ्ट प्रा लि (“कोइली”) को साझेदारीमा काठमाडौं मै पहिलो पटक सञ्चालनमा ल्याएको छ ।

कोइली सेबाको शुभारम्भ काठमाडौ महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिती इश्वर मान डंगोल ले सहकारी संस्थाका अध्यक्ष दीपक चन्द्र गौतम लाई कोइली अडियो (QR) हस्तान्तरण गरेर नै पहिलो पल्ट सहकारीमा सेवाको शुभारम्भ गर्नु भएको थियो

फोनपे नेटवर्क भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत सेवाग्राहीहरूले भुक्तानी गर्दा एसएमएस अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइस “कोइली “ बाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ । सहकारी डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइस देवन सफ्ट प्रा लि (आई स्मार्ट) ले काठमाडौं मै पहिलो पल्ट सहकारीमा सुरुवात गरेको हो ।

यस नवीनतम प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोड मार्फत भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न गर्नेछन् । यस डिभाइसमा फोनपे नेटवर्कमा आबद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ । सहकारीमा यस सुविधा नेपालमै पहिलो पल्ट फोनपे नेटवर्कमा आबद्ध क्यूआरमा असोज २३ गतेपोखरामा रहेको बिशाल बचत तथा ॠण सहकारी संस्थाबाट सफल परीक्षण गरिएको थियो भने काठमाडौंमा चै पहिलो पटक डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्वयम्भूमा सञ्चालनमा आएको हो।

क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय साबित हुने संस्था ले विश्वास लिएको छ । यस प्रविधिमा क्युआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्ने छन्। क्यूआरमार्फत गरेको भुक्तानीको जानकारी तत्कालै आवाजमा बोलेर दिने नेपाली प्रविधि हो । यो प्रविधिले सफल भएका कारोबारको जानकारी तत्कालै मानिसको आवाजमा दिन्छ । यो डिभाइसले कारोबार सम्पन्न हुँदा समेत एसएमएस नआउने, ढिलो आउने जस्ता समस्या हटाउने बताईएको छ ।

सहकारीलाई डिजिटल प्रबिधिमा जोड्ने आई स्मार्ट एप मार्फत सदस्यहरूले सहकारीको मोवाईल बैंकिङ सेवा प्रयोग गरी खाताको जानकारी, स्टेटमेन्ट, मोवाईल रिचार्ज, पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, बस टिकट, सहकारीबाट बैंकमा रियल टाईम बैक ट्रान्सफर, फोन पे क्यु आर स्क्यान, बिभिन्न वालेटहरुमा लोड, बैकबाट सहकारी खातामा रकम ट्रान्सफर, कनेक्ट आईपिएस लगायत अन्य थुप्रै सेवाहरू सजिलै लिन सक्नेछन् ।