४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मुगु–हुम्ला लिङ्करोडमा बेलीब्रिज बन्ने

मुगु–हुम्ला लिङ्करोडमा बेलीब्रिज बन्ने
अ+ अ-

मुगु । मुगु–हुम्ला लिङ्करोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि यहाँको स्थानीय सरकारले बेलीब्रिज पुल निर्माण गर्ने भएको छ । 

छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले बेलीब्रिज निर्माण गर्न लागेको हो । 

नगरपालिकाका प्र्रमुख हरिजङ्ग शाहीले सो पुल र पुलसम्म पुग्ने सडकको बुधबार शिलान्यास गर्नुभएको छ । पुल नगरपालिकाको आर्थिक लगानी र ग्रामीण पहँुच कार्यक्रम तेस्रो चरण ९¥याप–३० को प्राविधिक सहयोगमा निमार्ण हुनेछ । बेलीब्रिज निर्माणका लागि जलब रवि चक्र जेभी निर्माण कम्पनीले नगरपालिकासँग बोलकबुल गरेर सम्झौतासमेत गरिसकेको निर्माण कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले बताउनुभयो । “विधिवतरूपमा पुलको शिलान्यास भएको छ”, उहाँले भन्नुभयो, “अब द्रूतगतिमा पुल निर्माणको काम अघि बढ्ने छ ।” नदीमा पानी बहाव नबढ्दै दुवैतिर टेवा पर्खाल निर्माण गरिसक्ने पनि उहाँले बताउनुभयो । 

सो अवसरमा नगरप्रमुख शाहीले साविकको जिल्ला विकास समितिले भट्टेचौरमा पक्की पुल निर्माण गर्न ठेक्का लगाई पुल बनाउने काम रोकेका कारण प्रक्रियामा जान कानूनी समस्या परेको बताउँदै कानूनी प्रक्रिया पूरा गरेर पुल नबनुञ्जेलसम्मका लागि अस्थायी रुपमा भए पनि बेलीब्रिज राख्न गत वर्ष नै नगरसभाले बजेट विनियोजिन गरेको जानकारी दिनुभयो । 

ग्रामीण पहुँच कार्यक्रम (र्याप३) ले मुगु सदरमुकाम गमगढीबाट हुम्लाको चङ्खेली गाउँपालिका देउलीसम्म जनताको सहभागितामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको थियो । “नगरपालिकाको सक्रियतामा अब पुल निर्माण हुने भएको छ । दुवैतिरको पुलसम्म पुग्ने सडक बढीमा हप्ता दिनभित्र निर्माण सम्पन्न गर्नेछौँ भने पुल निर्माणदेखि सडक निर्माणमा प्राविधिक सहयोगसमेत गर्नेछौँ”, ग्रामीण पहुँच कार्यक्रमका टोलीनेता विष्णुराम विष्टले भन्नुभयो ।

ट्रयाक खुला भएको वर्ष दिनभन्दा बढी समय बितिसक्दा पुल नहुँदा कर्णाली नदीपारिका रुगा, थार्प, लुम, बाम, लह, लापु र हुम्ला जिल्लाका तल्लो भेगका स्थानीयवासीले सडकको प्रयोग गर्न पाएका थिएनन् भन्दै रुगागाउँका स्थानीयवासी बालकृष्ण लावडले सडक भए पनि सवारी साधन थिएनन्, सडक भएर पनि गाउँमा कोही बिरामी हुँदा तीन घण्टा बोकेर जिल्ला अस्पताल मुगु पुर्याउन बाध्य हुने गरेको बताउनुभयो । उहाँका अनुसार पुल अभावका कारण समयमै उपचार नपाएर कतिले बाटोमै ज्यान गुमाउनुपरेको थियो । “पुल निर्माण भएपछि अब हामी समयमै उपचार गर्न पाउने छौँ भने घरबारीमा खेर गएका स्याउ, ओखर, अन्नबाली सदरमुकाम गमगढी, जुम्ला, सुर्खेत र नेपालगञ्जसम्म लगेर बिक्री गर्न सक्नेछौँ”, उहाँले भन्नुभयो, “प्राविधिक र पुल निर्माण कम्पनीले समयमै काम सम्पन्न गरोस् ।”

मुगु कर्णालीमा बेलीब्रिज निर्माण भएपछि छायाँनाथ रारा नगरपालिकाका साथै हुम्लाका चङ्खेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमीकोट गाउँपालिकाका जनताको सडकसम्म पहुँच पुग्ने छ । रु पाँच करोड २० लाख ५५ हजार ९०२ को लागतमा बन्ने यस बेलीब्रिजको लम्बाइ ५५ मिटर रहने प्राविधिक रतनबहादुर खड्काले बताउनुभयो ।