२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

कंगारु बलर अगाडि पाकिस्तानी ब्याट्सम्यान निरिह, सिड्नी सिरिजमा पाहुना टोलीलाई क्लिन स्वीप

कंगारु बलर अगाडि पाकिस्तानी ब्याट्सम्यान निरिह, सिड्नी सिरिजमा पाहुना टोलीलाई क्लिन स्वीप
अ अ+ अ-

एजेन्सी । पाकिस्तान र अष्ट्रेलियाबीच सिड्नीमा जारी अन्तिम टेस्ट म्याच सकिएको छ ।

अष्ट्रेलियाले खेल ८ विकेटले जितेको छ । तेस्रो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाका बलरहरूले आफ्नो दबदबा देखाउँदै पाकिस्तानको ६८ रनमा ७ विकेट लिएका थिए ।

यस्तो अवस्थामा चौथो दिन कङ्गारु बलरले पाकिस्तानको सम्पूर्ण टिमलाई ११३ रनमा प्याभिलियन पठायो । रिजवान र आमिरले आठौं विकेटका लागि ४२ रनको साझेदारी गरे । योसँगै अष्ट्रेलियाले पाकिस्तानलाई ३–० ले सिरिजमा क्लिन स्वीप गरेको छ ।

चौथो दिन अष्ट्रेलियाका लागि कमिन्सले १ र नाथन लियोनले २ विकेट लिए । यसअघि हेजलउडले ४ विकेट, नाथन लियोनले ३ तथा स्टार्क, कमिन्स र हेडले १/१ विकेट लिएका थिए । अस्ट्रेलियाको इनिङ्सको कुरा गर्ने हो भने शुरुवात अलि ढिलो थियो ।

उस्मान ख्वाजा ० रनमा प्याभिलियन फर्किए । अनुभवी ओपनर डेभिड वार्नरले आफ्नो अन्तिम टेस्टको अन्तिम इनिङ्समा मैदान उत्रे र अन्तिम पटक अर्धशतक बनाए । वार्नरले ७५ बलमा ७ चौका प्रहार गर्दै ५७ रनको अर्धशतकीय पारी खेले ।

यसपछि लाबुस्चेनले पनि ७३ बलमा ९ चौकासहित ६२ रनको अविजित इनिङ खेले । वार्नरले लाबुस्चेनसँग दोस्रो विकेटका लागि ११९ रनको साझेदारी गरे । स्मिथ ४ रनमा अविजित रहे । पाकिस्तानका लागि साजिद खानले दुई विकेट लिए । यसबाहेक कुनै बलरले विकेट लिन सकेनन् ।

पहिलो इनिङ्समा ब्याटिङमा ८२ रन र बलमा ६ विकेट लिएका आमिर जमाल म्यान अफ द म्याच घोषित भए । यसबाहेक अष्ट्रेलियाका कप्तान कमिन्स प्लेयर अफ द सिरिज रहे ।