२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपको इतिहासमा भारत र पाकिस्तान आठौं पटक भिड्दै



अ+ अ-

एजेन्सी । क्रिकेट विश्वका दुई ठूला प्रतिद्वन्द्वीमध्ये एक भारत र पाकिस्तानले सन् २०२४ को टी–२० विश्वकपमा जुन ९ मा आमनेसामने गर्दैछन् । शुक्रबार आईसीसीले टी–२० विश्वकप २०२४ को पूरा तालिका सार्वजनिक गरेको छ ।

टी–२० विश्वकप जुन १ बाट सुरु हुँदैछ । पहिलो खेल अस्ट्रेलिया र इंग्ल्याण्डबीच हुनेछ । भारतले आयरल्यान्डविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । जुन ५ मा दुवै टोली न्युयोर्कमा आमनेसामने हुनेछन् । तर, फ्यानहरूको नजर भारत र पाकिस्तानबीचको खेलमा टिक्नेछ । भारत र पाकिस्तान पछिल्लो पटक २०२३ को एकदिवसीय विश्वकपमा आमनेसामने भएका थिए ।

भारत र पाकिस्तानबीचको हाई भोल्टेज खेल जुन ९ मा हुनेछ । दुवै टोली न्युयोर्कमा आमनेसामने हुनेछन् । टी–२० विश्वकपको इतिहासमा भारत र पाकिस्तान आठौं पटक आमनेसामने हुँदैछन् । अहिलेसम्म भएका सात खेलमा भारतले ६–१ को अग्रता लिएको छ । पाकिस्तानले पछिल्लो पटक २०२१ को टी–२० विश्वकपमा भारतलाई पराजित गरेको थियो ।

विश्वकपमा भारत समूह ए मा परेको छ । समूह ‘ए’ मा भारतबाहेक पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् । लिग चरणमा सबै टोलीले एक–एक खेल खेल्नेछन् ।