११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्याराग्लाइडिङको नयाँ गन्तव्य धुलिखेल र फुल्चोकी

प्याराग्लाइडिङको नयाँ गन्तव्य धुलिखेल र फुल्चोकी
अ अ+ अ-

काभ्रेपलाञ्चोक । साहसिक खेल–पर्यटनका रुपमा रहेको प्याराग्लाइडिङमा उडेर मज्जा लिने युवायुवती बढ्दैछन् । कास्कीको पोखरामा सुरुआत गरिएको पाराग्लाइडिङ उडान नेपालका विभिन्न क्षेत्रमा विस्तार हुँदैछ । सङ्घीय राजधानी काडमाडौँबाट जम्मा ३० किलोमिटर नजिकको जिल्ला काभ्रेपलाञ्चोक अहिले पाराग्लाइडिङको गन्तव्यका रुपमा विकसित भएको छ । काभ्रेपलाञ्चोकको दुई पर्यटकीय स्थान फुल्चोकी र धुलिखेलमा यसको व्यावसायिक उडान थालिएको छ ।

तत्कालीन अवस्थामा सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित पाराग्लाइडिङ व्यवसाय अन्यौलमा परिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पहिलोपटक पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको थियो । कुशादेवी क्षेत्रमा तीन वर्षअघि ‘विहावर क्षेत्र पर्यटन महोत्सव’का क्रममा फुल्चोकीस्थित गुर्दुम डाँडाबाट पाराग्लाइडिङको सफल परीक्षण उडान गरिएको क्षेत्र रहेकाले मन्त्रालयको अनुमतिमा व्यावसायिक उडान थालिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गत कात्तिक १८ गते फुल्चोकी पाराग्लाइडिङको व्यावसायिक उडानको उद्घाटन गर्नुभएपछि फुल्चोकीको काभ्रेपलाञ्चोकको पनौती नगरतर्फ कुशादेवी–विहावर क्षेत्रमा केही पाराग्लाइडिङ उडान भइरहेका छन् । मन्त्रालयले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत वर्षको साउनमा काभ्रेपलाञ्चोकको पनौती नगरस्थित फुल्चोकी क्षेत्रमै व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति दिएपछि उसले पाराग्लाइडिङ उडानको तयारी थालेको थियो ।

फुल्चोकीमा मन्त्री किरातीले सहासिक खेल–पर्यटनमा यस क्षेत्र निकै सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रको भरपुर उपयोग गर्न स्थानीय तहलाई सुझाव पनि दिनुभएको थियो । यस स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ अनुमति पाएपछि नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको कामसँगै यस अवधिमा अन्य तयारी गरिएको प्रालिले जनायो । प्रालिका अध्यक्ष छविलाल हुमागाईंका अनुसार अनुमति पाएपछि पनि विभिन्न तयारी गर्न करिब एक वर्ष लागेको थियो । “प्राधिकरणले अनुमति दिए पनि करिब एक वर्षको प्राविधिक प्रक्रियालगायतको काम सकेर व्यावसायिक रुपमा सञ्चालन थालिएको हो”, उहाँले भन्नुभयो ।

मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएपछि फुल्चोकी क्षेत्र साहसिक खेल–पर्यटन ‘हब’उन्मुख भएको हो । कुशादेवी क्षेत्रमा चार वर्षअघि नै विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछिका अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो ।

पटकपटकका उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले प्रालिले त्यस क्षेत्रमा पाराग्लाइडिङ उडानको अनुमति पाएको जनाइएको छ । विविध कारण प्याराग्लाइडिङ सञ्चालनमा केही ढिलाइ भएको बताउँदै हुमागार्इंले दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपरान्ह ४ बजेसम्म उडान अनुमति पाएको जानकारी दिनुभयो । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबिलिटी’ रहने जनाइएको छ ।

प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी–विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरीको हिसाबले चार किलोमिटर हो । तर, प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुन्द्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ ।

कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ पाराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो । पाराग्लाइडिङ उडानका लागि स्थानीय तीन युवालाई यस विषयमा अध्ययन गराइएको छ । “पाराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नाका साथै यस क्षेत्र पर्यटनले प्रचारात्मक हुनेछ”, पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भन्नुभयो । उहाँका अनुसार पाराग्लाइडिङ उडान सुरु भएपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

फुल्चोकी क्षेत्रलाई सहासिक खेल–पर्यटनका रुपमा विकास गर्न आफूहरु नगरको योजनामा समावेदश गरी लागिपरेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार साइक्लिङ टे«ल रुटमा खेलहरु आयोजना भइरहने छन् भने थप साहसिक खेल पाराग्लाइडिङले अनुमति पाउँदा स्थानीय हर्षित भएका छन् । यसअघि पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड््डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाएका थिए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालक समेतको सहभागिता रहेको थियो । पनौती नगरको आर्थिक सहयोगमा गत वर्ष यस क्षेत्रमा साइकल रुट निर्माण गरिएको थियो ।

यस क्षेत्रमा २०७८ चैतबाट त्यस रुटमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङ आयोजना थालिएको हो । यस साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ टे«लरुट तय गरिएको छ । यस ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानाडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए । त्यसयता आन्तरिक तथा बाह्य पर्यटकहरु साहासिक साइकल यात्राका लागिसमेत यो रुट रोज्ने गरेका छन् ।

नेपाल पर्यटन बोर्डले पनि पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधिलाई मान्यता दिँदै प्रचारमा ल्याएको छ । यस्तै, साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइम्बिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ । बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय स्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको हो ।

बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल ९लो–ल्यान्ड ट्रेक०, साँगा–पनौती हाइक ९कम्युनिटी हाइक०, गुर्दुम–महाभारत पदयात्रा, माउन्टेन बाइक ९फुल्चोकी वरिपरि०, बर्ड वाचिङ ९चराको दृश्यावलोकन०, योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न आग्रह गर्दै आएको छ । यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देवीस्थान डाँडाबाट गत असार अन्तिम साता व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्व बजार पाराग्लाइडिङ प्रालिले देवीस्थानबाट धुलिखेल नगरपालिका–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा ५५ सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो ।

यस व्यावसायिक रुपमा पाराग्लाइडिङ उडानको पूर्वमन्त्री एवं काभ्रेपलाञ्चोकका सांसद गोकुलप्रसाद बाँस्कोटाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । उहाँले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने पाराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभएको थियो । “देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा सुरु गरिएको पाराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमा समेत वृद्धि हुनेछ”, उहाँले भन्नुहुन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड पूरा भएपछि सो प्रालिलाई औपचारिक रुपमा मनोरञ्जनात्मक उड्डयन सञ्चालनको अनुमति दिएको हो । प्रालिका अध्यक्ष किरण कार्कीले निकै पटकको परीक्षणपछि औपचारिक उडान सुरु गरिएको बताउँदै आवश्यकता र मौसमका आधारमा पाराग्लाइडिङ उडान गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा सञ्चालन भएका पाराग्लाइडिङ कम्पनीहरुको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान सुरु गरिएको हो ।

धुलिखेलमा एकै पटकमा छवटा उडान भर्न सकिनेछ । तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानबापत तिरिएको रु सात हजारमा रु ३७ लाखको दुर्घटना बीमाको व्यवस्था गरिएको कार्कीले बताउनुभयो । साहसिक पर्यटकीय मनोरञ्जन प्राप्त हुने पाराग्लाइडिङको व्यावसायिक उडानले उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धिमा थप योगदान पुग्ने धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू बताउनुहुन्छ । उहाँका अनुसार पर्यटकीय स्थान धुलिखेललाई पालाग्लाइडिङले विश्वमा बजारमा थप परिचित बनाएको छ ।

देवीस्थानबाट गरिएको पाराग्लाइडिङको उडानबाट नेपालका ३३ वटा हिमाल प्रत्यक्ष रुपमा देख्न सकिन्छ । सगरमाथादेखि कञ्चनजङ्गा, माछापुछ«े हिमाल सहजै देख्न सकिने पाइलट महेन्द्रबहादुर भट्टराईले बताउनुभयो । उहाँका अनुसार टेक अफ, फ्लाइङ र ल्यान्डिङसहित सुरक्षित उडानका लागि धुलिखेल सहज र सरल पाइन्छ । करिब आधा घण्टामा विभिन्न दृश्यसहित काभ्रेपलाञ्चोक जिल्लाका धार्मिक स्थल नमोबुद्धदेखि पलाञ्चोक भगवतीस्थानसम्म, पाँचखाल, नमोबुद्ध, धुलिखेल, बनेपालगायत क्षेत्रको सहज अवलोकन गर्न सकिन्छ ।

धुलिखेलमा पाराग्लाइडिङका लागि हाल दैनिक पाइलटहरु रामकृष्ण अधिकारी, विकास अधिकारी, सुमन थापा, विष्णु तिमल्सिनाले उडान भर्ने गरेका छन् । पोखरामा नियमित व्यावसायिक उडान गरिरहेका थिए । अहिले भट्टराईसहित पाँचजना पाइलटले धुलिखेलमै नियमित उडान गरिरहेका हुन् । सञ्चालक किरण कार्कीलगायत युवाले पोखरामा सञ्चालित पाराग्लाइडिङ कम्पनीको सहकार्यमा रु एक करोडभन्दा बढी लगानी गरी धुलिखेलमा व्यावसायिक उडान सुरु गरेका हुन् । धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै गएको छ । धुलिखेलमा निर्माण भएका देवीस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कहरुले धुलिखेलमा घुम्न आउने र वनभोजका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

धुलिखेलमा आउने पर्यटकहरुको बसाइ लम्ब्याउन पाराग्लाइडिङ निकै महत्वपूर्ण क्षेत्र भएको क्षेत्रीय होटल सङ्घ ९हान० का महासचिव ज्योत्सना सैँजुको भनाइ छ । “यहाँ आएका पर्यटकहरुलाई फरक प्रकारको मनोरञ्जन दिन र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न पाराग्लाइडिङको व्यावसायिक उडानले सहयोग पुग्ने अपेक्षा गर्दैछौँ”, उहाँले भन्नुभयो । काभ्रेपलाञ्चाककै पूर्वीक्षेत्र कोशीपूर्वस्थित भम्लु गाउँपालिकामा पनि केही महिनाअघि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । यस क्षेत्रमा प्याराग्लाइडिङ उडानको तयारीस्वरुप अध्ययन भइरहेको जनाइएको छ । विशेषगरी काभ्रेपलाञ्चोकमा अधिकांश पहाडी भू–भाग रहेकाले साहसिक खल प्याराग्लाइडिङ प्रवद्र्धनका लागि प्रचुर सम्भावना देखिन्छ । रासस