११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भृकुटीमण्डपमा ९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पो, आईतवारसम्म चल्ने

भृकुटीमण्डपमा ९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पो, आईतवारसम्म चल्ने
अ अ+ अ-

काठमाडौँ । ९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पो शुरु भएको छ ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा तीन दिने मेला सञ्चालन भएको हो । मेलामा विभिन्न देशहरुबाट ८० कम्पनीका स्टलहरु रहेका छन् । मिडिया स्पेस सोलुसन्स प्रा.लि. नेपाल र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि. भारतको संयुक्त आयोजनामा मेला सञ्चालन गरिएको हो ।

८० कम्पनीहरुले १५० भन्दा बढी ब्राण्डका सामानहरु प्रदर्शनीमा राखेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँले मेलामा २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको बताउनु भयो । उहाँकाअनुसार मेला अवलोकन गर्नेहरुका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । साथै मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । मेलामा नेपाल, भारत, चीन, मलेसिया, इटाली लगायत देशका कम्पनीका स्टलहरु रहेको प्रवन्ध निर्देशक भट्टराईले बताउनु भयो । मेलामा बजारका भन्दा फरक र नयाँ सामग्रीहरु हेर्न र किन्न पाइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पो विगत ८ वर्षदेखि मिडिया स्पेस सोलुसन्स प्रा.लि. नेपाल र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि. भारतले सहकार्य गर्दै आइरहेका छौँ । यसको नवौं संस्करण पुसको २० गते शुरु भइ २२ गतेसम्म सञ्चालन हुनेछ । आजबाट अर्को दुई दिन सञ्चालन हुनेछ । यसमा लगभग ८० कम्पनीका स्टलहरु राखेका हुन्छौँ । जसमा उनीहरुले १५० भन्दा बढी ब्राण्डका सामानहरु दखाइरहेका छाँै । यसमा नेपाल, भारत, चाइना, मलेसिया लगायत, इटालीका कम्पनीका स्टलहरु पनि छन् । विगतको अनुभवको हिसावले यो ३ दिने प्रदर्शनीमा २० देखि २५ हजार जनाले अवलोकन गर्नुहुनेछ भन्ने अनुमान लगाएका छौँ । आउने सबैलाई नि:शुल्क व्यवस्था गरेका छौँ । यो बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । बिजनेस भिजिटर्स र आवश्यक सामग्री चाहिने इक्वीपमेण्टहरु किन्न र बुझ्नका लागि आउनुहुनेछ । बजारमा भन्दा यहाँ नयाँ कुराहरु हेर्न पाइन्छ । भर्खरै लामिनेटहरुको फ्याक्ट्रीहरुको बारेमा बुझ्न र किन्न सक्नुहुन्छ । नेपालमा भएको काष्ठ उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ । हामीसँग टेक्नोलोजी छैन । यहाँ हेर्दा पनि ८० कम्पनीमा ४५ वटा कम्पनी नेपाल बाहिरका छन् ।’

उहाँले नेपालमा भएको काष्ठ उद्योगलाई प्रवद्र्धन गर्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । मेलाले नेपाल र विदेशी कम्पनीहरुले पनि आफ्नो बजार बिस्तार गर्ने अवसरका रुपमा भ्ुमिका खेल्ने बताउनु भयो । मेलामा आएका विदेशी कम्पनीहरुबाट उत्पादित सामग्रीहरु नेपालमा उत्पादन गर्नका लागि जानकारी मिल्ने बताउनु भयो । रासस