• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित ★   सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणी: ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’ ★   कालिजले बजार नपाउँदा व्यवसायी मारमा

उपकुलपतिका लागि आह्वान गरिएको दरखास्तमा अनेरास्ववियुको ध्यानाकर्षण



काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि आह्वान गरेको सूचनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको सूचनाको बुँदा नं.(ङ)को विश्वविद्यालयको पदाधिकारी मध्ये कुनै एक पदमा ३ वर्ष काम गरेकोले आवेदन दिन पाउने भन्ने प्रावधानमा अनेरास्ववियुले आपत्ति जनाएको हो ।

सो संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ती जारी गर्दै यो प्रावधानले योग्य व्यक्तिहरूलाई खुला प्रतिस्पर्धाबाट वञ्चित गराउने र पुनः विश्वविद्यालयमा राजनीतिक स्वार्थ हाबी हुन दिने वर्तमान गठबन्धन सरकारको मनसाय रहेको जनाएका छन् ।

साथै, अनेरास्ववियुले ‘बोर्ड अफ ट्रस्टी’ मार्फत त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न माग समेत गरेको छ ।

यस्तो छ विज्ञप्तीः