५ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट इतिहासमा सबैभन्दा छोटो खेलः दुई दिनमै टेस्ट म्याच सकिएपछि पिचमा प्रश्न उठ्यो



अ+ अ-

एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट दुई दिनको पाँच सत्रमा सकिएकोले यस पिचमा प्रश्न उठ्नु स्वभाविक हो । प्रेस मिटमा अलग्गै समय पाएपछि भारतीय कप्तान रोहित शर्मासँग पत्रकारले कुरा गर्दा उनले आफ्नो शरीरमा रहेका बलका निशान देखाए ।

रोहितको शरीरमा रहेको निशानले यो पिच कति खतरनाक थियो भन्ने प्रस्ट पार्छ । आईसीसी म्याच रेफ्री क्रिस ब्रोडले न्युल्यान्ड्स स्टेडियमको पिचलाई ‘औसतभन्दा तल’को रेटिङ दिन सक्नेछन् ।

जब दक्षिण अफ्रिकाका ब्याटिङ सल्लाहकार र पूर्व कप्तान अश्वेल प्रिन्सले यो पिच देखे, उनले यसलाई ‘पहिलो दिनको सबैभन्दा छिटो पिच’ भनेका थिए र यसको बीच–बीचमा उछाल देखेर चिन्तित पनि थिए ।

न्युल्यान्ड्सको आयोजक संस्था ‘वेस्ट प्रोभिन्स क्रिकेट एसोसिएसन’ आर्थिक रुपमा निकै कमजोर रहेको छ । जसकारण डेढ दिनको खेल उनीहरुका लागि घाटाको विषय हुनेछ ।