२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट इतिहासमा सबैभन्दा छोटो खेलः दुई दिनमै टेस्ट म्याच सकिएपछि पिचमा प्रश्न उठ्यो



अ+ अ-

एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट दुई दिनको पाँच सत्रमा सकिएकोले यस पिचमा प्रश्न उठ्नु स्वभाविक हो । प्रेस मिटमा अलग्गै समय पाएपछि भारतीय कप्तान रोहित शर्मासँग पत्रकारले कुरा गर्दा उनले आफ्नो शरीरमा रहेका बलका निशान देखाए ।

रोहितको शरीरमा रहेको निशानले यो पिच कति खतरनाक थियो भन्ने प्रस्ट पार्छ । आईसीसी म्याच रेफ्री क्रिस ब्रोडले न्युल्यान्ड्स स्टेडियमको पिचलाई ‘औसतभन्दा तल’को रेटिङ दिन सक्नेछन् ।

जब दक्षिण अफ्रिकाका ब्याटिङ सल्लाहकार र पूर्व कप्तान अश्वेल प्रिन्सले यो पिच देखे, उनले यसलाई ‘पहिलो दिनको सबैभन्दा छिटो पिच’ भनेका थिए र यसको बीच–बीचमा उछाल देखेर चिन्तित पनि थिए ।

न्युल्यान्ड्सको आयोजक संस्था ‘वेस्ट प्रोभिन्स क्रिकेट एसोसिएसन’ आर्थिक रुपमा निकै कमजोर रहेको छ । जसकारण डेढ दिनको खेल उनीहरुका लागि घाटाको विषय हुनेछ ।