९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेभित्रको विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्दै



अ+ अ-

काठमाडौं । सत्ताको बागडोर सम्हालेको एमालेभित्र विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ । पार्टीमा केपी ओली समूहले आफूहरुलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो ।

नेपाल–खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै नसच्चिए उनको भण्डाफोर गर्न समानान्तर कमिटी बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीले पार्टीभित्र फरक मत राख्नेलाई ओली पक्षले पेलेर जाने रवैया कायमै राखे त्यसविरुद्ध संघर्ष जारी राख्ने र नसच्चिए समानान्तर कमिटीको अभ्यासमा जान सुझाव दिएका छन् । सहभागीलाई १० समूहमा विभाजन गरेर छलफल गराइएको थियो । १७ बुँदे प्रस्ताव पारित गर्दै दुई दिने भेला बिहीबार सकिएको छ ।

माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले समानान्तर कमिटी बनाउनुअघि देशभर पार्टी कमिटी ब्युँताउने भएको छ । देशभरका चार हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी भेलाले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभर पार्टी कमिटीहरु ब्युँताउने प्रस्ताव पारित गरेको छ । नागरिक दैनिकमा समाचार छ ।